Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा सार्वजनिक सुनुवाई, सिडिओले सुने जनगुनासो

Published on 10:15:00 PM //


तेजेन्द्र थापा
घुम्ती शिबिरमा उपस्थित सेवाग्राहीहरु । तस्बिर: तेजेन्द्र थापा
जिल्ला विकास समितिले घुम्ती शिविरकै अवसर पारेर शान्तिपुरमै सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । विभिन्न १७ सरकारी कार्यालयहरुले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा गुनासो सुन्ने र त्यसको सुनुवाई गर्ने उद्देश्यले धेरै सेवाग्राहीहरु उपस्थिती भएको मौका पारेर सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले बताए ।
सुनुवाईमा सर्वसाधरणले यस क्षेत्र सरकारी कार्यालयहरुको सेवा सुविधाबाट पछाडी परेको, विकासका पुर्वाधारहरु बन्न नसकेको, सामान्य कामका लागि समेत सर्वसाधरण दुई दिन खर्चेर तम्घास पुग्नु परेको, सदरमुकामबाट टाढा भएकै कारण सरकारी योजनाहरुको प्रभावकारी कार्यान्वयनमा समस्या भएको लगायतका समस्या र गुनासाहरु पोखेका थिए । गुनासाहरुको जवाफ दिंदै प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यालयहरुको सेवा सुविधामा आफुहरु सधै लाग्ने र समस्या परेमा सिधै कार्यालय प्रमुख वा गुनासो सुन्ने अधिकारीकहाँ पुग्न आग्रह गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग