Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा समातिएका चोरीका मोटरसाइकल प्रर्दशनिमा

Published on 7:31:00 PM //


जनार्दन घिमिरे
जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानवाट नियन्त्रणमा लिएर वरामद गरेका चोरीका मोटरसाईकलहरुलाई आजदेखि प्रर्दशनीमा राखेको छ । प्रहरीले आज अपरान्ह प्रहरी कार्यालय परिशरमा पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएका २२ वटा मोटरसाइकलहरुलाई दोश्रो पटक प्रर्दशनीमा राखेको हो । चेकजाँचका क्रममा गत मंसिर २० गतेदेखि माघ २० गतेसम्म दुई महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानवाट पक्राउ गरिएका २२ वटा चोरीका मोटरसाईकलहरुलाई दुई हप्तासम्म प्रदर्शनीमा राखिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले वताए ।
गुल्मी जिल्लामा अन्य जिल्लावाट चोरीका मोटरसाईकल ल्याई प्रयोग गर्ने कार्यलाई नियन्त्ररण गर्ने अभियान अन्र्तगत अवैध मो रसाईकल नियन्त्ररण कार्यक्रम अनुसार उक्त मोटरसाईकलहरु पक्राउ गरि प्रदर्शनिमा राखिएको प्रहरीले वताएको छ । पछिल्लो चरणमा जिल्लामा चोरीका मोटरसाईकल प्रयोगमा वृद्धि भएपछि सो क्रमलाई न्यूनिकरण गर्नका लागि प्रहरीले यस्तो अभियान शुरु गरेको हो । साथै आम जनसमुदायलाई चोरीका मोटरसाइकल प्रयोग गर्न हुँदैन भन्ने सन्देश प्रवाह गर्न समेत प्रर्दशनीले सहयोग गर्ने प्रहरी नायव उपरीक्षक वैदवारको दावी छ । कसैको मोटरसाईकल चोरी भएको भए प्रर्दशनीमा आएर पहिचान गर्न समेत उनले सवैमा आग्रह गरेका छन् । प्रर्दशनिमा विभिन्न रङ्गका हिरो होण्डा, पल्सर, डिस्कभर, यमाहा, स्पेलेण्डर लगायत कम्पनिका मोटरसाईकलहरु रहेका छन् ।
प्रदर्शनी पछाडी सवै मोटरसाईकलहरुलाई भैरहवा भन्सार कार्यालय पठाउने वताईएको छ । पत्रकार सम्मेलनमा उपस्थित सहभागिहरुले जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समयमा गरेका कामहरुको वारेमा प्रशंसा गर्दै आगामि दिनमा यसलाई निरन्तरता दिंदै जानु पर्ने सुझाव दिएका छन् । चोरीका मोटरसाईकलको प्रर्दशनि शुरु भएपछि मोटरसाईकल हेर्न मानिसहरुको घुँईचो लाग्न थालेको छ । प्रहरीले यस अघि पक्राउ गरेका २३ वटा मोटरसाईकलहरुलाई भैरहवा स्थित भन्सार कार्यालय पठाई सकेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग