Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज, कतारको साधारण सभा मार्च २ मा

Published on 5:48:00 PM //



कुमार अविरल पन्थी
गुल्मी सेवा समाज दोहा कतारको चौथो वार्षिक साधारण सभा आगामी मार्च २ तारिखमा सम्पन्न गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष श्री दोर्ण बहादुर बस्नेतको अध्यक्षतामा गत शुक्रबार बसेको समाजको मासिक बैठकले सो निर्णय गरेको हो । बैठकमा संस्थाका पदाधिकारीहरु लगायत कतारबासी गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । हरेक महिना बस्दै आएको सो बैठक यो महिना पनि गत शुक्रबार फेब्रुअरी ३ तारिखका दिन सम्पन्न भएको हो । प्राय महिनाको दोश्रो शुक्रवार बस्दै आएको सो बैठक यो महिना भने एक हप्ता अगाडी नै बसेको थियो । संस्थाको चौथो साधारण सभालाई मध्यनजर राख्दै तथा उक्त सभाको पुर्व तयारीको लागि बैठक अगाडी सारीएको कुरा संस्थाका अध्यक्ष बस्नेतले बताउनु भयो । रोजगारीको सिलसीलामा कतारमा रहँदै आउनु भएका सम्पुर्ण गुल्मेली दाजुभाई तथा दिदि बहिनिहरुलाई संस्थाको सदस्यता लिन तथा सदस्यता नविकरण गर्नुहुन समाजले  अनुरोध गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग