Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्का डीआईजीको पनि कान्छी श्रीमती काण्ड

Published on 2:46:00 AM //


शसस्त्र प्रहरीका हाकिमहरुले कान्छी श्रीमती बनाउने वा काठमाण्डौको कुनै कुनामा रखैल बनाएर राख्नु अनौठो हुन छाडेको छ । कान्छी श्रीमती प्रकरणकै कारण हत्या अभियोगमा जेलमा रहेका डीआईजी रञ्जन कोइरालाकै सहकर्मी डीआईजी सुशिल श्रेष्ठ पनि कान्छी राख्न थालेपछि जेठीको बिजोग भएको समाचार आएको छ । म्यानपावर कम्पनीका संचालकहरु प्रहरी हाकिमका रखैल वा कान्छी बन्ने गरेको पनि यी दुईको घटनाले पुष्टी गरेको सोमबारको साँघु साप्ताहिकले छापेको छ । डीआईजी सुशिल श्रेष्ठकी कान्छी भनिएकी महिला पनि म्यानपावर संचालक नै रहेको बताइएको छ ।

नागपोखरीमा आशा इन्टरनेशनल म्यानपावर संचालन गरेर वसेकी अम्बिका शर्मा लामिछाने नामक महिला डीआईजी श्रेष्ठको कान्छी भएर वसेकी छन् । गत बैशाखदेखि यी दुई जना सँगसँगै वस्न थालेका हुन् ।

श्रेष्ठले आफ्नो गोठाटारको घर छाडेर अम्बिकाको वसुन्धरास्थित घरमा वस्न थालेका छन भने जेठी श्रीमती र १२ कक्षामा अध्ययनरत छोरासँग सम्र्पकविच्छेद गरेका छन् । अम्बिकाले संचालन गर्ने आशा इन्टरनेशल म्यानपावर ठगीको आरोपमा कारवाहीको सूचीमा परेको छ भने कतारस्थित दूतावासले त कारोवार नै रोक्नु भनी सिफारिस गरेको छ ।

शर्मा र श्रेष्ठवीच हालसम्म बिबाह नभएपनि शर्माको श्रीमान हुने श्रेष्ठ एकमात्र पुरुष भने हैनन् । जानकारहरुका अनुसार श्रेष्ठ अम्बिकाका तेस्रो र सवैभन्दा कान्छो पति हुन् । शर्माले चलाएको म्यानपावरमा सेयर हालेका श्रेष्ठले कम्पनीलाई कारवाही नगराउन दबाब दिने गरेको र बिदेश कामदार पठाउने काममा उनी पनि संलग्न रहेको बताइएको छ ।

नुवाकोटकी अम्बिका कुनैवेला जावलाखेलको लण्डन गेष्टहाउसमा काम गर्थिन् । उनले राज बज्राचार्यसँग पहिलो बिबाह गरेकी थिइन जसबाट एक छोरीको जन्म भएको थियो । श्रेष्ठकै पहलमा छोरीलाई क्यानडा पठाएपछि उनीहरु सँगै वस्न थालेका हुन् । हाल पथलैयामा कार्यरत श्रेष्ठले हप्तामा दुई दिन अम्बिकालाई भेटन खर्च गर्छन् । अनलाइनखबर

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग