Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडिको छतमा चढ्न खोजेर राज्यमन्त्रीको रमिता

Published on 9:57:00 AM //


वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोले आफै चढ्ने सरकारी झण्डावाल गाडीको छतमा चढ्न खोजेर मंगलबार दिउसो सिंहदरबार परिसरमा रमिता देखाए ।

चालकले इज्जत जान्छ हजूर भन्दै रोक्न खोजेका थिए तैपनि नमानेपछि सुरक्षाकर्मीले मन्त्रालयभित्र लगे । मादक पदार्थ सेवन गरेका राज्यमन्त्री महतोले बा १ झ ७२२९ नम्बरको झण्डावाल गाडिको छतमा चढ्ने प्रयास गरेका हुन् । इज्जतका लागि उनलाई भित्र लग्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।

राज्यमन्त्रीको गाडिको छतमा चढ्छु भनेपछि चालक रामचन्द्र अधिकारी अल्लमल्ल परेका थिए । होइन हजूर सिटमा बस्नुपर्छ भनेर चालकले अनुरोध गर्दा महतोले कडि्कँदै भने, ‘मलाई सिट दिनेभए छतमै एउटा कुर्सी राख, म त्यहीँ बस्छु ।’

चालक र राज्यमन्त्रीबीच विवाद बढेपछि सुरक्षाकर्मी आएर महतोलाई मन्त्रालयमा लगेका थिए । दिउसै रक्सी खाएर सिंहदरबारमा छिरेका राज्यमन्त्री महतोले रमिता देखाएको प्रत्यक्षदर्शीले बताएपनि महतोका पिएले भने एक्कासी रक्तचाप बढ्दा त्यस्तो भएको दाबी गरेका आजको नयाँपत्रिका दैनिकले छापेको छ । अन्लाईन खबर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग