Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीनदिनमा तीन युवतीले विष खाए, एकको ज्यान गयो

Published on 5:31:00 PM //


‘आत्म हत्या गर्ने त कायर हुन्’ सोमबारबार जनता उच्च माविमा पल्स टु पढ्ने विद्यार्थी यस्तै गफ गर्दै घर फर्कदै थिए । सितलपाटीमा पसल गर्ने एक महिला भन्दै थिईन् ‘ज्यान पनि जाने इज्यत पनि जाने आफै मर्नेको जुनी त धिक्कारै हो त्यस्तालाई त कसैले कठै भन्दैन ।’
तनसेनमा विष सेवन गरेका घटना अहिले चर्चामा छन् । माघको अन्तिम साता पाल्पाका भिन्दाभिन्दै तीन कलेजमा अध्ययनरत छात्राले आत्महत्या प्रयास गरेका छन् । तीनदिनमा तीन कलेजका तीन युवतीले विष सेवन गरेका प्रहरीले जनाएको छ । तीनैजनाले विष सेवन गरेर आफ्नै ज्यान फाल्ने प्रयास गरेकोमा दुईजनाले बेलैमा उपचार पाएर बचेका तर एकजनाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । यो साता मिलेनियममा अध्ययन गर्ने छात्राको विष सेवन गरेर ज्यान गयो । त्यसैको अर्कोदिन न्यू होराईजनमा कक्षा ११ पढ्ने छात्राले विष सेवन गरिन र समयमै उपचार पछि ज्यान जोगियो । अघिल्ला दुईदिन लगातार विष सेवनका घटनाको अनुसन्धानमा जुटेको प्रहरी त्यतिबेला चकित पर्यो जतिबेला जनता उच्च माविकी एक छात्राले विष सेवन गरेर मरणासन्न अवस्थामा मिसन अस्पताल भर्ना गरिएको अर्को खबर आयो । ‘हैन यो के भएको ?’ हालै पाल्पा आएकी महिला प्रहरी नायव उपरिक्षक मिरा चौधरी जिल्ला परिन् । तानसेनका तीन कलेजमा भएका लगातारका यस्ता घटनाले सबैलाई गहिरो चिन्तामा डुबाएको छ ।

परिवार र विद्यालयबाट किशोर र युवा उमेर समुहका छात्रछात्रालाई प्रयाप्त मनोवैज्ञानिक परामर्श नपुगेका कारण यस्ता घटना हुने गरेका प्रहरी अधिकारी बताउँछन् । युवायुवतीमा हुने प्रेममा झमेला उब्जेपछि हुने तनाव व्यवस्थापन गर्न नसक्दा यस्ता घटना हुन्छन् । पछिल्ला दुई ‘सुसाईड’ प्रयासको कारणमा प्रेमीसंगको बेमेललाई कारण मानिएको छ । आत्महत्यालाई कानुनी नजरमा अपराध मानिन्छ भने सामाजिक रुपमा कुकर्म ठहरिन्छ ।

दैनिक पत्रीकाबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग