Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अध्यक्षलाई चेक दिँदा प्रधानाध्यापक तनावमा

Published on 3:51:00 PM //

रेडियो रेसुङ्गा
लक्ष्मी प्राथमिक विद्यालय नयाँगाउँ ८ गुरुङ्गगाउँ गुल्मीका विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षलाई १ लाख रुपैयाँको चेक दिँदा त्यस विद्यालयका प्रधानाध्यापक तनावमा पर्दै आएका छन्।
२०६५ सालमा सो विद्यालय समुदायमा हस्तान्तरण हुँदा जिल्ला शिक्षा कार्यालयवाट प्रदान गरिने रकम मध्येवाट दुई पटक गरी १ लाख रुपैयाँको चेक तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वालवहादुर पाण्डेलाई हस्ताक्षर गरी चेक दिएकी प्रधानाध्यापक सरस्वती मरासिनी तनावमा पर्दै आउनुभएको हो। गाउँमा लगानी लगाई निजी श्रोतका शिक्षकलाई तलव खुवाउँछु भन्दै चेक काटेर लगेका पुर्व अध्यक्ष पाण्डेले पछि आएर सार्वजनिक लेखा परीक्षणको समयसम्म विल भरपाई नदेखाएपछि स्थानीयवासीले प्रधानाध्यापक मरासिनीसँग सो हिसावकिताव खोजी गरेका थिए। प्रधानाध्यापक मरासिनीले सो १ लाख रकम अध्यक्ष पाण्डेलाई चेक काटेर दिएको वताएपनि स्थानीयवासीले प्रधानाध्यापक नै जिम्मेवार हुनुपर्ने अडान लिएपछि आफु तनावमा पर्दै आएको उहाँले वताउनुभयो।
धान खाने मुसो चोट पाउँने भ्यागुतो भने झै आफु भएको र एक लाख रुपैयाँ लैजाने पुर्व अध्यक्ष पाण्डेसँग स्थानीयवासीले सो रकम असुलीका लागि दवाव दिनुपर्नेमा आफुलाई नै तनाव सृजना गर्ने गरेकाले तनावमा परि विद्यालयमा स्वतन्त्र रुपले पढाउन समेत नसकेको उहाँको गुनासो छ। पुर्व अध्यक्ष पाण्डेले भने सो रकम विद्यालय भवन निर्माणमा खर्च गरेको र प्रधानाध्यापक मरासिनीले आफुसँग भएको विलहरु समावेश नगरी एकलौटी ढङ्गले लेखा परीक्षण गराएर आफ्नो नाममा वेरुजु निकालेको वताउँदै आउनुभएको छ।
अध्यक्ष पाण्डेको नाममा लेखा परीक्षणले ४२ हजार रुपैयाँ भन्दा वढी रकम वेरुजु निकालेको छ। प्रधानाध्यापक मरासिनीले आफ्नो वोलिदिने कोही नभएका कारण पुरुष प्रधान देशमा आफु एक अपाङ्ग असाय महिलालाई मात्र स्थानीयवासीले दवाव दिँदै आएकाले आफु अन्यायमा पर्दै आएको दावी गर्नुभयो। सो क्षेत्रका श्रोत व्याक्ति खिमवहादुर महतले भने प्रधानाध्यापक र अध्यक्ष दुवैले अनियमित ढङ्गले काम गरेको भन्दै छिट्टै छानविन गर्ने वताएका छन्।
यता जिल्ला विकास समिति गुल्मीले फाल्गुन ६ देखी ८ गतेसम्म ६२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ। समितिले दिएको जानकारी अनुसार फागुन ६ गते विहान तमघास अस्पताल र रेसुङ्गा अस्पतालका विरामीहरुलाई रेडियो रेसुङ्गाकोतर्फवाट फलफुल वितरण गरिने भएको छ। त्यस्तै फागुन ७ गते विहान सदरमुकाम तमघासमा प्रभातफेरी कार्यक्रम गरि वाजा–गाजासहित तमघासको लाँकुरी मञ्चमा कोणसभाको आयोजना गरिने भएको छ।
उक्त कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, भातृ संगठन, कार्यालय प्रमुख, कर्मचारी, शैक्षिक संस्था, नागरिक समाज, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानीय व्यवसायी, वुद्धिजीवि, समाजसेवी, आमा समुह, सर्वसाधारण लगायतलाई जिल्ला विकास समितिलिे उपस्थितिका लागि अनुरोध गरेको छ। सोही दिन नेपाली सेना र नेपाल प्रहरीवाट राष्ट्रिय सलामी एवं झण्डोत्तलन कार्यक्रम भएकाले राष्ट्रिय गानका लागि तमघास स्थित अर्जुन आवसिय उच्च माविलाई अनुरोध समेत समितिले गरेको छ। निमित्त स्थानीय विकास अधिकारी भक्तिराम मरासिनीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरी सार्वजनिक गरेको हो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग