Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास गाविसको गाउँ परिषद सम्पन्न

Published on 3:52:00 PM //


रेडियो रेसुङ्गा
तमघास गाविसको गाउँ परिषद आज सम्पन्न भएको छ। राजनीतिक दल, महिला, दलित, जनजाति लगायतको सहभागीतामा सम्पन्न परिषदले आर्थिक वर्ष २०६८÷७९ मा गाविसलाई प्राप्त अनुदान वजेट २४ लाख ५० हजार मध्ये कार्यालय सञ्चालनतर्फ ४ लाख २० हजार र पुँजीगततर्फ २० लाख ३० हजार रकम विनियोजन गरेको छ। परिषदले रु २७ लाख ६९ हजार अनुमानित वजेट आँकलन गरेकोमा रु ४ लाख ९४ हजार ४ सय ७० रुपैयाँ वाँकी देखाएको छ। विनियोजित रकम मध्ये तलवमा २ लाख ५० हजार, विभिन्न वैठक एवं अनुगमन भत्तामा ८४ हजार, कार्यालय संवन्धि खर्चमा ५० हजार, विविध खर्चमा ३६ हजार, लक्षित वर्ग अनुदानमा ५० प्रतिशत छुट्टाई ११ लाख ७४ हजार ५ सय रुपैयाँ र सार्वजनिक निर्माण खर्च ११ लाख ७४ हजार पाँच सय रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै सामुदायिक विकास कार्यक्रम एलजीसिडीपी अन्तरगत ६ लाख ४४ हजार मध्येवाट लक्षित वर्ग एवं सार्वजनिक निर्माणमा १ लाख ७० हजार रकम विनियोजन गरेको छ।
गविस सचिव दोर्णराज पन्थीद्धारा प्रस्तुत गाउँ परिषद प्रतिवेदनमा गत साउन १ गतेदेखि नेपाल सरकारले तमघास गाविसलाई नगरपालिका घोषणा गरेकोमा गाविसवासी उत्साहित भएको र तमघासको भौतिक विकासको गति अझ अगाडी वढ्ने अपेक्षा राखिएको छ। कार्यक्रममा प्रमुख अतिथि निवर्तमान गाविस अध्यक्ष भुवनप्रसाद श्रेष्ठ, विशेष अतिथि सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, राजनीति दलका तर्फवाट एकीकृत नेकपा माओवादीका प्रतिनिधी धर्म विक, तमघास फोहोर मैला व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कर्यक्रम तमघास गाविस सचिव दोर्णराज पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग