Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ह्याप्पी शिवरात्री !

Published on 4:42:00 AM //


आज महाशिवरात्री । आराध्यदेव भगवान शिवको पुजा अर्चना आराधना गरि आज हिन्दु धर्मालम्बहरुले महाशिवरात्री पर्व मनाउँदैछन् । हिन्दु धर्मालम्बीहरु नदी, तलाउलगायतका गई स्नान गरी श्रद्वापूर्वक शिवको पूजा आराधाना गर्दछन् ।

शिव उत्पत्ति भएको रातका नामवाट नामकरण भएको यस पर्व चारप्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ । शिवरात्रीको दिन हिन्दू धर्मावलम्बीहरू बिहानै नदी, कुण्ड र तलाउमा नुहाई भगवान् शिवको पि्रय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँछन् । राजधानीको पशुपतिनाथ सहिद देशभरका मन्दिरमा यो दिन भक्तजनको ठूलो भीड लाग्छ । पशुपति मन्दिरमा दर्शन गर्न देशका विभिन्न क्षेत्र तथा भारतबाट समेत भक्तजन आइपुगेका छन् ।

पशुपतिमा चहलपहल

शिवरात्रीको खास दिन सोमबार भएपनि पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि नै शिवरात्री पर्व मनाउन थालिएको जनाएको छ । साधुसन्तको उपस्थिति भने हप्ता दिन पहिलेदेखि नै भएको हो । अहिले पशुपतिमा दर्शनार्थी, साधुसन्त र साधु तथा नागा बाबाहरुको चर्तिकला हेर्न जानेहरुको चहलपहल हृवात्तै बढेको छ । जोगी र नागाबाबासित गाँजा मागेर खाने युवाहरुको उपस्थिति पनि उस्तै छ । नागाबाबाहरुले जथाभावी बोल्ने र देखाउने हुँदा महिला र युवतीहरुलाई बढी सास्ती हुने गरेको छ । तर धर्म हुन्छ भन्दै कतिपय महिला र युवतीले समेत नागाबाबाको आशीर्बाद थाप्ने गर्छन् ।

पशुपतिमा दर्शनार्थीको लागि सुरक्षा व्यवस्था कडा पारिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा दर्शनार्थीको लागि विभिन्न सघसंस्थाले भोजन, स्वास्थ सिविर पनि चलाईरहेका छन् । १ हजार रुपैयाँको टिकट लिएर दर्शन गर्नेलाई छुट्टै व्यवस्था गरिएको छ । भक्तजनहरुका लागि तिलगंगा चक्रपथ पूलबाट चार शिवालय, पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । मित्रपार्क, गौरीघाट, उमाकाण्ड रुद्रगाडेश्वर हुँदै उत्तर तर्फबाट पनि मन्दिर प्रवेश गर्न सकिनेछ । जयबागेश्वरी भुवनेश्वरीबाट गणेश मन्दिरसँगैको सानो ढोकाबाट कोर क्षेत्र हुँदै पश्चिम तर्फको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाईएको कोषले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग