Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई महिनासम्म हिउँ मात्र खाएर बाँचे !

Published on 2:59:00 AM //


स्विडेनमा एक व्यक्ति दुई महिनासम्म हिउँ खाएर बाँचेका छन् । जंगलको बाटो कारमा गइरहेका दक्षिणी स्विडेनका ती ब्यक्तिको शुक्रबार हिउँले ढाकिएको कारबाट उद्धार गरिएको थियो ।

निकै कमजोर अवस्थामा भेटिएका उनको नाम भने सार्वजनिक गरिएको छैन । एक दुई शब्द बाहेक बोल्न नसक्ने अवस्थामा रहेका उनलाई अस्पताल भर्ना गरिएको छ ।

उनी उत्तरी स्विडेनको सहर उमेआ नजिकै भेटिएका थिए । कारबाट हिउँलाई पञ्छयाएपछि उद्धारकर्मीले उनलाई देखेका थिए ।

कारको पछाडिको सिटमा स्लिपिङ व्यागमा पस्टिएको अवस्थामा भेटिएका उनले आफू डिसेम्बर १९ बाट कारमा रहेको बताए । ‘खानेकुरा केही नभएको अवस्थामा हिउँ मात्र खाएर बाँचेको देख्दा विश्वास लाग्दैन’ उद्धार टोलीका एक सदस्यले भने ।

सामान्ययता मानिस बढीमा चार हप्तासम्म केही नि नखाई बाच्न सक्ने चिकित्सकहरु बताउँछन् । तर ती व्यक्ति हाईबरनेशनका कारण जिउँदै रहेको चिकित्सकको अनुमान रहेको छ । प्रहरीका अनुसार पछिल्लो समय उत्त क्षेत्रको तापक्रम शून्यदेखि माइनस ३० डिग्री सेल्सियससम्म पुगेको थियो । –अन्लाईन खबर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग