Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै स्वास्थ्य शिबिर, सयौँ लाभान्वित (फोटो फिचर)

Published on 2:01:00 PM //

स्थानिय समुदाय र खासगरी अशक्त ब्यक्ति तथा समुदायका लागि राम्रो तथा स्थानीय स्तरमा सहज स्वास्थ्य जाँच परीक्षण तथा परामर्शको सेवा उपलब्ध गराउने उद्देश्यका साथ गुल्मीको रुपाकोट गाविस र तुराङ गाविसमा स्वास्थ्य शिबिर शुरु भएको छ । शिबिर जिल्ला जनस्वास्थ्य कार्यालय, गुल्मी र लायन्स क्लब, गुल्मीको सहयोगमा रुपाकोट समाज गुल्मीले आयोजना गरेको हो । फागुन ३ गते देखी ६ सम्म स्वास्थ्य जनचेतना सम्बन्धी घरदैलो कार्यक्रम र ७ गते ब्रिहद स्वास्थ्य र्‍याली र अन्तर्कृया गरिसकेको समाजले ८ गते रुपाकोट गाविसको म्यालपोखरामा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ भने भोली ९ गते छिमेकी गाविस तुराङको मजुवामा अर्को शिबिर सम्पन्न गर्नेछ । 
रुपाकोटमा सन्चालित स्वास्थ्य शिबिरमा आएका दीर्घ रोगी तथा अन्य जटिल विरामीको विमार पत्ता लागेका बिरामीहरुलाई थप आवश्यक उपचार तथा सुविधाका लागि उपयुक्त स्थानमा लैजानको लागि चिकित्सकहरुले वेलैमा उपयुक्त सल्लाह तथा सुविधा दिएका थिए । शिबिरमा मुटु रोग, स्त्री रोग, चर्मरोग, आँखा सम्वन्धि रोग, तथा अन्य शारिरीक रोग संग सम्वन्धित विशेषज्ञ सेवा तथा क्यान्सर रोगको प्रारम्भिक परीक्षण, लैंगिक भेदभाव, मानसिक समस्या, यौनजन्य हिंसा, संक्रमणजन्य रोगहरु जस्तै एचआईभि एड्स, यौन रोग आदिका रोगी तथा संक्रमितहरुलाई बिशेष परामर्श सेवा उपलब्ध गराईएका छन । शिबिरमा चिकित्सकहरु डा. सञ्जय श्रेष्ठ, डा. गोविन्दमान प्रधान, डा. हरी बहादुर के.सी, डा. इशा भण्डारी, डा. मोना श्रेष्ठ, डा. प्रदिप सापकोटा, डा. रामकुमार महर्जन लगायतको चिकित्सक टोलिले स्वास्थ्य जाँच गरिरहेको रुपाकोट समाज, गुल्मीले जनाएको छ । 
सम्पूर्ण फोटोहरु पाण्डव गौतमले खिचेर पठाउनुभएको हो, समाजकै आयोजनामा भोली मजुवामा सम्पन्न हुने शिबिरको फोटो पनी राख्नेछौँ, हेर्दै गर्नुहोला गुल्मीन्युज ।    













0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग