Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसको संगठन विस्तार अभियान जारी

Published on 3:03:00 PM //


रेडियो रेसुङ्गा
नेपाली काँग्रेस अर्खले गाउँ कार्य समिति अन्तर्गत वार्ड नं. ४ मा वार्ड भेला आज सोही गाविसको भुवनपानीमा सम्पन्न भएको छ। भेलामा प्रमुख अतिथिको आशनवाट वोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्रवहादुर के.सी.ले नेपालमा शास्त्रीय कम्यूनिष्ट नभएको भन्दै कम्यूनिष्टकै कारण नेपालमा ठुलो क्षेति भएको वताउनुभयो। जनयुद्धको नाममा भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई पछाडी ललगेको र वर्तमान सरकारले शान्ति र संविधानलाई अलपत्र पारेर मुलुकलाई गम्भिर खतरातर्फ लगेको वताउनुभयो।
कार्यक्रममा विशेष अतिथि नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थीले सर्वहारा वर्गका कुरा गर्दै गरिवका नारा वाँड्नेहरु आज नेपालमै सवैभन्दा धनी र विलास भोगी भएको वताउनुभयो। उहाँले जनयुद्धको नाममा १० वर्ष वन्दुक वोकाएका गरिव जनताको छोरा छोरीहरुलाई अलपत्र पार्दै राज्यले सुविधाका लागि दिएको चेक समेत खोसेर आफ्नो सक्कली चरित्र प्रदर्शन गरेको वताउनुभयो। कार्यक्रममा नेपाली काँग्रेस अर्खले गाउँ कार्य समितिका कार्यवाहक सभापति लिलाधर आचार्य, पुर्व सभापति ठाकुरप्रसाद खनाल, किसान संघ अर्खलेका सभापति खेमराज खनाले, थानेश्वर खनाल, हिरामणी खनाल, शान्ता खनाल, थम्मनवहादुर के.सी., भक्तवहादुर सोमै, लुमवहादुर श्रीपाली, उमकला खनाल लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम अर्खले ४ का वार्ड कार्य समितिका अध्यक्ष धनवहादुर नेपालको अध्यक्षता, थानेश्वर खनालको स्वागत मन्तव्य एवं सचिव उमाकान्त पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो।
यस्तै सोही पार्टीको वार्ड नं. ३ को वार्ड भेला पनि सम्पन्न भएको छ। भेलाले भुपति खनालको अध्यक्षतामा १५ सदस्यीय नेपाली काँग्रेस वार्ड कार्य समितिको गठन गरेको छ। जसको उपाध्यक्षमा मेगप्रसाद खनाल, सचिव खडानन्द खनाल, कोषाध्यक्ष हरिप्रसाद शर्मा र सहसचिवमा हरिप्रसाद खनाल रहनुभएको छ। त्यस्तै सदस्यहरुमा दधिराम खनाल, छविलाल खनाल, दधिराम मरासिनी, निमवहादुर टोमटा, निर्मला खनाल, सावित्रा खनाल, सुमित्रा पौडेल, धनकला कुवँर, उजेली श्रेष्ठ, तारावहादुर पाण्डे लगायत रहनुभएको छ।
नेपाली काँग्रेस अर्खलेका कार्यवाहक सभापति लिलाधर आचार्यको अध्यक्षता, सचिव श्यामलाल कुवँरको स्वागत मन्तव्य एवं अनिल वस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व गाविस उपाध्यक्ष िललवहादुर श्रेष्ठ, किसान संघ अर्खलेका सापति खेमराज खनाल, महिला संघ अर्खलेकी अध्यक्ष देवि कुवँर, मेगप्रसाद खनाल, वावुलाल खनाल, धु्रर्वराज खनाल लगायतले मन्तव्य राख्नुभएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग