Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकहरु विद्यालय वन्द गरेर आन्दोलनमा

Published on 3:00:00 PM //


रेडियो रेसुङ्गा
नेपालको शैक्षिक आन्दोलनमा २०३६ सालपछि देशका शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि यतिवेला ऐतिहाँसिक आन्दोलन शुरु गरेका छन्। देशव्यापी रुपमा शुरु गरिएको आन्दोलन गुल्मीको सदरमुकाममा पनि शिक्षकहरुको व्यापक सहभागितामा आन्दोलन चर्काईएको छ। सोही क्रममा आज झण्डै ५ सय जना शिक्षकहरुको सहभागीतामा विरोध ¥याली तमघास वजार परिक्रमा गरी जिल्ला प्रशासन अगाडी विरोध सभामा परिणत भएको थियो। नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्च गुल्मीको संघर्ष समितिको आयोजनामा शुरु गरिएको आन्दोलनका नेतृत्व वक्ताहरुले आफुहरुका ४७ वुँदे माग सरकारले सम्वोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। कार्यक्रममा नेपाल शिक्षक युनियन गुल्मीका अध्यक्ष छवि खरेल, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च गुल्मीका अध्यक्ष खुमवहादुर थापा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रेम भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रोहित भण्डारी, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष दशरथ घिमिरेले शिक्षकहरुले शुरु गरेको यो आन्दोलन कुनै पनि हालतमा तुहिन नदिने भन्दै आम शिक्षकहरुलाई आन्दोलनमा साथ दिन अपिल गरेका थिए।
त्यस्तै नेपाल शिक्षक युनियनका पुर्व अध्यक्ष माधव ज्ञवाली, अखिल नेपाल शिक्षक संघका अध्यक्ष नित्यानन्द अर्याल, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष केशरवहादुर थापा, अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष जनक कण्डेल, उच्च माध्यमिक विद्यालय शिक्षक संघर्ष समितिका के.एन. घिमिरे, राहात शिक्षक संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष फर्सुराम पाण्डे, सोही समितिका केन्द्रीय सदस्य भरत कण्डेल, नेपाल शिक्षक युनियनका जिल्ला उपाध्यक्ष अम्विका श्रेष्ठ र विद्यालय कर्मचारी युनियनका अध्यक्ष नरिश्वर पराजुली लगायतले पनि मन्तव्य राखेका थिए।
सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयनको माग गर्दै शिक्षकहरुले आन्दोलन थालेका हुन्। उनीहरुले अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, उमेर हदका आधारमा अस्थायी शिक्षकलाई स्वतः स्थायी शिक्षक सरह उपदानको व्यवस्था गर्नुपर्ने, शिक्षक सेवा आयोग खुल्ला गर्नुपर्ने, विद्यालयमा कर्मचारीको व्यवस्था गर्नुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग वनाईनुपर्ने लगायतका ४७ वुँदे माग राख्दै आएका छन्। आन्दोलनरत शिक्षकहरुले हिजो शनिवार विदाको दिन पनि विरोध स्वरुप कक्षा सञ्चालन गरेका थिए भने आज आईतवार विद्यालय खुल्नु पर्नेमा अधिकाँश विद्यालय वन्द गरी सडकमा उत्रिएका थिए। यसैविच गुल्मीको नेटा, दर्लिङ्ग, ह्वाङ्गदी र अर्खवाङ्ग क्षेत्रका विद्यालयहरु वन्द गरी दर्लिङ्गमा विरोध सभा गरिएको नेटा दर्लिङ्ग उच्च माध्यमिक विद्यालय प्राचार्य तेजवहादुर सोनारले जानकारी गराउनुभयो। कार्यक्रम नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष छवि खरेल अध्यक्षता र नेपाल शैक्षिक गणतान्त्रीक मञ्चका जिल्ला अध्यक्ष खुमवहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग