Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राज्यको ध्यानकर्षण गराउन स्टिमरमा बैठक

Published on 3:18:00 PM //


गगनशिला खड्का
सधै भाषणमा लोकप्रिय कुरा गर्ने तर व्याबहारमा लागु नगर्ने राजनितिकर्मीहरुको व्यबहार त जनताका लागी नौलो होईन । तर पहिले काम अनि कुरा गर्ने राजनितीकर्मीको चरीत्र नेपालमा विरलै भेट्न सकिन्छ । कुनै न कुनै नयाँ काम गरेर सँधै चर्चा बटुलेका र बेला-बेलामा सञ्चार माध्यममा छाइरहेका नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर तीनका एक नेताले शनिबार अर्को नौलो काम गरी यतिबेला चर्चामा छन ।
विकासको लागी भन्दै कालीगण्डकी ए जलविद्युत परीयोजनाको जलासयमाथी
स्टिमरमा बैठक गर्दै नेपाली कांग्रेस, गुल्मी  क्षेत्र नं ३ का नेता
कार्यकर्ताहरु । तस्विर ः गगनशिला खड्का
जिल्लामा जथाभावी डोजर प्रयोगको विरोध त कहिले ब्राम्हणहरुको भोजमा दलित भान्से, गाउँमै जलासययुक्त जलविद्युत परीयोजनाको पहिचान तथा सर्भे,बरीष्ठ नेता शेरबहादुर देउवा प्रमुख अतिथीरहेको कार्यक्रम दलित र विपन्नहरुबाट उद्घाटन गरेर कार्यक्रमको शुरुवात गरी चर्चा बटुलीसकेका काँग्रेस क्षेत्रीय सभापति दामोदर भुसालले शनिबार गुल्मी क्षेत्र नं ३ का काँग्रेस कार्यकर्ता भरी गुल्मी र स्याङ्गजाको संगम स्थल मिर्मीमा जम्मा पारे । गुल्मी क्षेत्र नं ३ को काँग्रेस क्षेत्रीय कार्यसमितिले आयोजना गरेको क्षेत्रीय बैठकमा सहभागी हुन क्षेत्र नं ३ का २८ गाविसका गाउँ समिति सभापतीहरु सदरमुकाम तम्घासबाट तिन वटा जिप रिजर्भ गरी हौसला र उमङ्गका साथ मिर्मी पुगे । आन्तरीक पर्यटन विकाश र काँग्रेश कार्यकर्ता विच अन्तर क्षेत्रीय मित्रता कायम गर्नका लागी भन्दै आफ्ना सबै अगुवा कार्यकर्तालाई जम्मा पारी कालीगण्डकी ए जलविद्युत परीयोजनाको जलासयमाथी स्टिमरमा काँग्रेसले क्षेत्रीय बैठक गरी सबैको ध्यान केन्द्रित ग¥यो ।
राजनैतिक दलका कार्यकर्ताहरुले सधै एउटा घरको कोठमा बसेर गर्ने विकास निर्माणका योजनाहरु प्रभाबकारी नहुने र त्यस्तो कोठामा बैठक बसेर योजना तयार पारीने परिपाटीको अन्त्य गर्नका लागि क्षेत्र बाहिर त्यो पनि स्टिमरमा बैठक आयोजना गरेको क्षेत्रीय सभापती दामोदर भुषालले बताए । “जसले योजना बनाउछ त्यसले नै त्यसको बारेमा राम्ररी बुझेको छैन भने त्यस्तो व्यक्ती र राजनैतिक दलले बनाएको योजना प्रभाबकारी बन्न सक्दैन । ” – उनले भने ।
अबका दिनमा नेपाली काँग्रेस राजनैतिक रुपमा मात्रै सिमीत नभई विकाशका काममा प्रत्यक्ष सहभागी भई भुसालले पाठ सिकाउन समितितीले कालीगण्डकीको जलाशयमाथी स्टिमरमा बैठक आयोजना गरेको बताए । तीनलाग्नुपर्छ र त्यसका लागि अनुगमन,अवलोकन महत्वपुर्ण हुने भन्दै जिल्लाको आन्तरीक पर्यटन प्रवद्र्धन,स्थानिय श्रोत र साधनलाई जनहितमा प्रयोग गर्न अंचल लुम्बिनी, धवलागीरी र गण्डकी तथा तीन जिल्ला गुल्मी, स्याङ्गजा र पर्वतको विचमा पर्ने कालीगण्डकीको जलासयमा बैठक गरेर यी जिल्लाहरुको पर्यटन विकाशको लागी सबैको ध्यान केन्द्रित गर्न सम्न्धीत स्थानमै बैठक गरिएको भुषालको कथन छ ।
कालिगण्डकी ए जलविद्युत परीयोजनाको शुरुको स्टिमेट एक सय ६० मेघावाट रहेपनि सेतीवेनीमा रहेको एसीयाकै सबैभन्दा ठूलो मानिएको शालिग्रामको धार्मिक महत्व र पर्यटकिय विकाशलाई ध्यानमा राखि परीयोजनाको क्षमता घटाएर १ सय ४४ मेघावाट मात्रै बनाईएपनि धार्मिक र पर्यटन विकाशको लागी कसैले चाँसो नदिएको भन्दै भुुसालले आफ्ना सबै गाउँ समिति सभापति र क्षेत्रीय सदस्यहरुलाई जम्मा पारेर स्टिमरमा बैठक गरी पर्यटन विकासका लागि राज्यको ध्यानकर्षण गरी स्याङ्गजाको मिर्मिबाट ६ किलोमिटर स्टिमरमा शुरु भएको बैठक जलासयमाथी विभीन्न विषयमा छलफल गर्दै लुम्बिनी, धवलागीरी र गण्डकी अँचलको संगमस्थल सेतीवेनीमा पुगेर टुँगीएको थियो । बैठकले एसीयाकै सबैभन्दा ठूलो शालिग्राम रहेको सेतीबेनी क्षेत्रमा पर्यटन विकाश र पूर्वाधार निर्माण, लुम्बिनी, धवलागीरी र गण्डकी अंचलमा पर्यटकिय स्थानहरुको पहिचान, वर्धन र विकाश एवं कृषि तथा पर्यापर्यटनको रुपमा विकाश गर्न माग गर्नुका साथै ध्यानाकर्षण गरीएको भुसालले बताए । यस क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा विकाश गर्न पर्यटन व्यावसायीलाई आह्वान समेत बैठकले गरेको छ ।
स्याङ्गजाको मिर्मिबाट स्टिमरमा शुरु भएको बैठक ६ किलोमिटर जलासयमाथी विभीन्न विषयमा छलफल गर्दै लुम्बिनी, धवलागीरी र गण्डकी अँचलको संगमस्थल सेतीवेनीमा पुगेर टुँगीएको थियो । तस्विर ः गगनशिला खड्का ।
गुल्मी क्षेत्र न ३ को छल्दि, पनाहा र निस्तिको संगमस्थल रातडाँडाको नजिकै बाँध बाँधेर जलासययुक्त परीयोजना निर्माणको लागी भएको पहललाई पनि अगाडी बढाउन यो बैठकले महत्वपूर्ण सहयोग पुग्ने भसालले बताए । “कुनै योजनाको वास्तविकता नबुझिकनै त्यसालई सफल पार्न नसकिने भएकोले ठूला परीयोजना कसरी सफल भएका छन् अवलोकन पछि चर्चामा रहेको छल्दी पनाहा निस्ती जलासययुक्त परीयोजना सम्पन्न गर्नका लागी पनि सबैको पहल पुग्छ । ” उनले भने । भुसालकै परीकल्पना र पहलमा छल्दी पनाहा निस्तिको संगमस्थलमा बाँध बाँधेर ठूलो जलासययुक्त परीयोजनाका लागी प्रारम्भिक काम शुरु भएको छ । उक्त परीयोजनाको सम्भावना राम्रो रहेको भन्दै पूवृ उर्जामन्त्री गोकर्ण विष्टले पनि प्रारम्भिक सर्भेका लागी बजेट विनीयोजन गरेका थिए । भुसालले पूर्व अर्थसचिव रामेश्वर खनाल तथा जापान र जर्मनका विज्ञहरुको टोलीले छुट्टाछुट्टै समयमा आएर उक्त योजनाको निरीक्षण गरी सम्भावना राम्रो रहेको प्रतिकृया दिएका थिए । विस्तृत सर्भेका लागी जापान र जर्मनको टोलीले सहयोग गर्ने प्रतिवद्धता समेत उनीहरुले जनाएको भुसालले बताए ।
नेता कार्यकर्तालाई ठूला परीयोजनाको अध्ययन अवलोकन गराउन, ओझेलमा परेको क्षेत्रको विकाशको लागी ध्यानाकर्षण गराउन र आन्तरीक पर्यटन प्रवद्र्धनको शुरवात आफैबाट गर्न ५० हजार रुपैयाँ खर्चेर बैठक गरीएको भुसालले बताए । “काम गर्ने ईच्छाशक्ति र योजना भयो भने ठूलै बजेटको लागी सरकारको मुख ताकेरै बस्नुपर्छ भन्ने छैन, – भुसालले भने – यात्रा खर्च कार्यकर्ताले नै सहयोग गर्नुभयो, भोजन र आवासको लागी मेरा आफ्नै आफन्त र साथीहरुको सहयोगबाट ५० हजारमा बैठक सम्पन्न भयो ।” स्टिमर बैठकपछि उनीहरु पाल्पाको मदनपोखरामा रहको होमस्टेको अध्ययन, अवलोकन गरी जानकारी समेत लिएका थिए । स्टिमरबाथीको बैठकले नयाँ चेताना जगाउनुका साथै र विकाशको लागी नयाँ योजना बनाउन सक्ने नेविसंघका पूर्व महामन्त्री तथा काँग्रेस महासमिती सदस्य महेन्द्र भण्डारीले बताए । बैठकमा सहभागी नेपाली काँग्रेस छापहिले गाउँ समितिका सभापती तुल्सी गिरीले क्षेत्रीय समितिले गरेको परम्परागत सो्ँच भन्दा फरक बैठकले आफुहरुले पनि केही नयाँ,नौला कुरा सिक्ने मौका पाएको बताए ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नं ३ क्षेत्रीय समितिले गरेको रचनात्मक कामको थालनी काँग्रे्सका अरु क्षेत्रीय समिति र अन्य पार्टीले पनि अंगाल्नु जरुरी रहेको नेपाली काँग्रे्स क्षेत्र नं २ का क्षेत्रीय सभापती पारिश्वर ढकालले बताए । दलका नेता कार्यकर्ता सँधै राजनैतिक दर्शनका लागी मात्रै नभएर विकाशका काममा पनि लाग्नुपर्छ भनेर सचेतना जगाउन र यस क्षेत्रको पर्यटन विकाशको लागी सम्बन्धित पक्षको ध्यान केन्द्रित गर्न जलासय माथी बैठक गरीएको भुसालले बताए । स्याङ्गजाको मिर्मीदेखि सेतीबेनीसम्म जलासयमा यात्रा गरी एसीयाकै ठूलो धार्मिक आस्थाको केन्द्र मानिएको शालिग्राम दर्शन गर्नका लागी देश तथा विदेशबाट दैनिक ५ सयभन्दा बढी दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । बैठकमा काँग्रेस क्षेत्र नं ३ का सबै सभापतिहरु, क्षेत्रीय सदस्यहरु गरी ४४ जनाको सहभागीता थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग