Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट करिव डेढ लाखको क्षति

Published on 2:49:00 PM //


रेडियो स्काई
गुल्मीको सदरमुकाम तमघासको एक घरमा आज आगलागी हुँदा करिव डेढ लाख वरावरको क्षति भएको छ। सदरमुकाम तम्घास वार्ड नं. १ साहु टोल स्थित दुर्गाप्रसाद पाण्डेको घरमा एक कोठावाट विद्युत सर्ट भई सल्किएको आगोले घरभित्र रहेका लत्ता कपडा, डेरा गरी वसेका विद्यार्थीहरुका अन्य जिन्सी सामान एवं सोही घरको भौतिक सामाग्री नष्ट हुँदा उक्त मुल्य वरावरको क्षति भएको अग्नी पीडित पाण्डेले वताउनुभएको छ। माथिल्लो तल्लामा रहेको खरमा आगो सल्किँदा यति ठुलो क्षति भएको हो। आगलागी भएको थाहा पाउनासाथ स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेना कालिदत्त गुल्मको सैनिक टुकडी त्यहाँ पुगेर तत्काल आगो नियन्त्रणमा लिएको थियो। आगलागी हुँदा अध्ययनका लागि डेरा गरि वसेका विद्यार्थीहरु तत्काल अन्यत्र सर्न वाध्य भएका छन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग