Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला स्तरीय दलित निगरानी समुह गठन

Published on 2:50:00 PM //


रेडियो रेसुङ्गा
जातीय छुवाछुत लगायत दलित माथि हुने अन्याय अत्याचारको निगरानी गर्ने र पीडितलाई न्याय दिलाउन संवन्धित निकायलाई दवाव दिने उद्धेष्यका साथ आज गुल्मीको सदरमुकाम तमघासमा एक भेलाको आयोजना गरी जिल्ला स्तरीय दलित अधिकारी निगरानी समुहको गठन गरिएको छ। अधिकार, लोकतन्त्र र समावेशीकरण कोषको सहयोगमा उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीद्धारा सञ्चालित दलित सशक्तिकरण तथा समावेशीका लागि साझा अभियान कार्यक्रम अन्तर्गत सो समुह गठन गरिएको केन्द्रका अध्यक्ष गणेश विश्वकर्माले जानकारी दिनुभयो।
समुहमा दलित अधिकारकर्मी, मानवअधिकारवादी, महिला अधिकारकर्मी, नागरिक समाज र कानुन व्यवसायी समेतलाई समावेश गरिएको छ। सोही अनुरुप नेपाल वार एशोसियसन गुल्मीको अध्यक्ष प्रेमराज आचार्यको संयोजकत्वमा १८ सदस्य जिल्ला स्तरीय दलित अधिकार निगरानी समुह गुल्मीको गठन गरिएको छ। समितिमा नागरिक समाजको तर्फवाट पदमप्रसाद पाण्डे, महिला अधिकारकर्मीहरुको तर्फवाट सिता भुसाल र विष्णुकुमारी सापकोटा, मानवअधिकारकर्मीहरुको तर्फवाट हरिप्रसाद पोखरेल, अर्जुन आचार्य र नरेश भण्डारी, पत्रकारहरुको तर्फवाट घनश्याम गौतम र प्रेम सुनार, दलित अधिकारकर्मीहरुको तर्फवाट वुद्ध सुनार, झविन्द्र सुनार, धर्म विश्वकर्मा र कृष्ण नेपाली, दलित महिला अधिकारकर्मीहरुको तर्फवाट कमला वराल रहनुभएको छ।
निगरानी समुहले जिल्लामा दलितमाथि हुने कुनै प्रकारका भेदभाव, अन्याय अत्याचारको निगरानी गर्ने र उनीहरुलाई न्यायको पहुँचसम्म पु¥याउने काम गर्ने भएको छ। कार्यक्रम उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता र सामाजिक अभियानकर्ता कृष्ण नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग