Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिस्टानको चरणबद्ध आन्दोलन, हातमा कालो पट्टी बाँधेर पढाउने

Published on 7:10:00 AM //


विष्णु पौडेल
उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरुको संगठन उच्च माध्यामिक शिक्षक एशोसियन हिस्टान नेपालले विभिन्न ९ सुत्रीय माग राख्दै भोलीदेखि चरणबद्ध आन्दोलन गर्ने भएको छ ।
निजी तथा संस्थागत उच्च माविमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा, सर्त, सुविधा एाम् वृद्धि विकासको स्पष्ट निर्देशिका जारी गर्नुपर्ने, उच्च मावि तहका शिक्षक तथा कर्मचारीको दरबन्दी र त्यसको स्थायित्वको लागि व्यवस्था गर्नुपर्ने, उच्च मावि शिक्षालाई सर्वसुलभ, व्यवसायिक र सीपमुलक बनाउनु पर्ने, नेपाल शिक्षक सेवा आयोगलाई संवैधानिक निकायको रुपमा व्यवस्थित गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै भोलिदेखि चरणबद्ध आन्दोलन गर्ने हिस्टान नेपाल गुल्मीका अध्यक्ष के एन घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार विरोधका कार्यक्रम हातमा कालोपट्टी बाध्ने देखि लिएर अनिश्चितकालिन उच्च मावि बन्द सम्मका रहेका छन् ।
विरोधस्वरुप भोली र पर्सी कालोपट्टी बाधेर अध्यापन गराउने, १८ र १९ गते उच्च माध्यामिक शिक्षा परिषदका जिल्लास्थित कार्यलहरुमा तालाबन्दी तथा जिल्ला शिक्षा कार्यालय घेराउ गर्ने, २१ गते पेन डाउन गर्ने र २३ गतेदेखि अनिश्चिकालिन उच्च मावि तह बन्द तथा शिक्षा विभाग र उच्च माध्यामिक शिक्षा परिषदमा तालाबन्दी गर्ने रहेका छन् ।

यति गर्दा पनि सरकार आफ्ना मागको सम्वन्धमा मौन बसेमा चैत्र ११ गते शिक्षकको राष्टिय प्रतिनिधी भेला गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरिने हिस्टानले जनाएको छ । हिस्टानले विभिन्न माग राख्दै गत मंसिर १५ गते शिक्षा मन्त्री दिनानाथ शर्मा समक्ष ज्ञापन पत्र वुझाएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग