Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढुङ्गाले च्याँपेर एक वृद्धको मृत्यु

Published on 7:57:00 PM //


रेडियो रेसुङ्गा
ढुङ्गाले च्याँपेर गुल्मीको सदरमुकाम नजिकै सिमिचौर गाविसमा एक वृद्धको ज्यान गएको छ। यसरी ज्यान जानेमा गुल्मी सिमिचौर गाविस २ गौराखर्क निवासी ६४ वर्षिय खिमलाल घर्ति रहेका छन्। उनी आफ्नो घर नजिकै ढुङ्गा खानीमा आफ्ना छोराहरुले गर्दै गरेको काम हेर्न जाने क्रममा आज दिउसो माथिवाट ढुङ्गाको ढिस्को खसेर च्यापे पछि घर्ति गंभिर घाईते भएका थिए। गंभिर घाईते भएका घर्तिको उपचारको लागि जिल्ला अस्पताल तम्घासमा ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग