Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय जनमोर्चाको बन्दले जनजीवन प्रभावीत

Published on 4:52:00 PM //


नरेश भण्डारी
तोकीएको समयमा संविधान निर्माण, संघियताको खारेजी र यथासिघ्र स्थानीय निकायको निर्वाचन गराउनु पर्ने लगायतका माग राखि राष्ट्रिय जनमोर्चाले ०६८ फागुन १६ गते गराएको राप्ती र लुम्विनी अञ्चल बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द हुँदा हजारौ बालबालिकाको पठन पाठन प्रभावित भयो भने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन नचल्दा यात्रुहरु विच बाटोमै अलपत्र परेका छन् । विहान र्‍याली निकालेर शिक्षण संस्था, बजार, कलकारखाना, उद्योग व्यबसाय र यातायातका साधनहरु बन्द गराउँदै हिडेका जनमोर्चाका कार्यकर्ताले दिउँसो पाँचौ गणतान्त्रीक जिल्ला परिषद्को बन्द सत्र समेत स्थगीत गराए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग