Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जेठ १४ गते संविधान नबने देश र नेताहरुको खैरात छैन ः रायमाझी

Published on 4:54:00 PM //


गगनशिला खड्का
स्थानिय विकाशमन्त्री टोप बहादुर रायमाझीले माओवादीको अफिसियल लाईन शान्ति र संविधान भएको बताए । गुल्मीको पाँचौ गणतान्त्रिक जिल्ला परीषदको् उद्घाटन गर्न सोमबार तम्घास आएका मन्त्री रायमाझीले मंगलबार नेपाल पत्रकारमहासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले एमाले नेताहरुले प्रचण्डलाई भनेजस्तै तीनवटा सिमकार्ड अनिवार्य आवस्यकता भएपनि आधिकारीक लाईन शान्ति र संविधान भएको बताए । “तीनवटा सिमकार्ड सबै पार्टिमा छ, माओवादीमा नहुनुपर्ने हो भयो तर यो आबस्यकता रहेछ – उनले भने – सबै घरबार छाडेर १० औँ हजारको बलिदान छ, घरबार केही छैन त्यसैले समस्या छ तर कसैले चिन्ता गर्नु आबस्यक छैन, शन्ति र संधिान बन्छ ।” उनले संविधान नबने देश र नेताहरुको खैरीयात नरहने भएकोले जेठ १४ गते संविधान बन्ने ठोकुवा गरे । रायमाझीले संविधान नबने देश र जनताको खैरीयात नभएकोले जेठ १४ मा संविधान बन्नेपर्ने बाध्यता रहको बताए । “जेठ १४ मा शन्ति र संविधान बनेन भने देशको पनि खैरीयात छैन, नेताहरुको पनि खैरीयात छैन त्यसैल एक महिना भित्र शान्तिले पूर्णता पाउँछ र सेना समायोजन हुन्छ, अनि जेठ १४ मा संविधान हण्ड्रेट प्रसेन्ट बन्छ” उनले भने ।
अहिले निश्कर्ष निश्कने बेला भएकोले देशमा निकै ठूलो समस्या भएको जस्तो अप्ठ्यारो भएको बताए । दलहरुविच संविधानको विषयमा विभीन्न विबाद भएपनि धेरै शक्ति शान्ति र संविधानको पक्षमा भएको र सबै जनताको पनि यसमा समर्थन हुने भएकोले संविधान बनाएरै छाड्ने दावी गरे । उनले नेताहरुले सहमति बनाएमा सहमति जुटाउनेकाम मात्रै गरे संविधान लेख्ने काम संविधानविद्ले गर्ने समेत बताए । “संविधान त २ दिन भित्र संविधान विद्ले लेख्छ, छ सय एक जनाले लेख्ने त होईन ” उनले भने “ तर यसको लागी पार्टिहरुले विबादित विषयमा सहमति जुटाईदिनुपर्यो, मन्थन गरेर, जनमत तयार गरेर खाका निकालिदिनुपर्यो ।”
हिँजो कोही जंगलतिर लागेका, राजातिर लागेका मान्छेहरु पछि एउटैबाटोमा हिडेजस्तै अव शान्ति र संविधानको कुरामा लाग्ने बताए । उनले तालिम गर्नेबेलाभरी भागेर बाहिर जाने र पैसा बुझ्ने बेला क्यम्पमा पसेकाले पैसा लिएर जाने तर यत्रो वर्ष लडेर, दुःख पाएर क्याम्पमा बस्नेहरुले पैसा नपाएकोले रीसले चेक खोसेको बताए । जेठ १४ गते शान्ति र संविधानको काम पूरा गरपछि स्थानिय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताए । “जेठ १४ गते नयाँ संविधान पनि आउँछ, शान्ति र स्थीरता पनि हुन्छ र नयाँ संरचना र चुनाव पद्धति पनि आउँछ त्यतीबेला चुनाव घोषणा गरेर जानुपर्छ त्यो सबैभन्दा उत्तम र बैज्ञानिक हुन्छ, उनले भने ।” स्थानिय निकायको निर्वाचन गरेर विकाशको लागी जनप्रतिनिधी निर्वाचित गर्न आफूले सर्वदलिय संयन्त्र भंग गरेको तर अहिले शान्ति र संविधानको काम निष्कर्षमा पु¥याउन तीन महिना मात्रै बाँकी रहेकोले यो संभव नभएको बताए ।
सर्वदलिय संयन्त्र कुनै विधी प्रकृया र मापदण्ड विहीन भएकोले त्यहाँ राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गनर््ेलाई कार्वाही गर्नको लागी पनि कुनै नियम नभएको कारण संयन्त्र विघटन अनिवार्य रहेको उनको भनाई छ । नेताहरुले कोखिलाबाट झिकेर योजनाका फाईलहरु पास गर्ने भएकोले जिल्ला, गाउँ र नगर परिषद्हरु औपचारीकतामा मात्र सिमीत हुने गरेको बताए ।“परीषद्बाट छनौट गरेका योजनाहरु केन्द्रमा पुगेपछि रद्धीको टोकरीमा फालिन्छन अनि मन्त्रीहरु, सभाषद्हरु र नेताहरुले कोखिलाबाट योजनाका फाईलहरु र योजनाहरु पास गराईन्छन्, उनँले भने – अव परीषद्बाट पारीत भएका योजनाहरु कुनैपनि मन्त्री नेता र कर्मचारीेले काट्न नसक्ने बनाएमा मात्र दिगो विकाश हुन्छ ।” रायमाझीले काँग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढाउन भित्री रुपमा सरकारालाई सुझाव दिएर बाहिर विद्यार्थी उचालेर आन्दोलन गरेको आरोप लगाए ।
पेट्रोलियम पदार्थको अभाव हुनुभन्दा मूल्य बढाएर आपूर्ति सहज पार्न सरकारलाई सुझाव दिने तर बाहिर आएर आन्दोलन चर्काउने दोहोरो चरीत्र देखाएको बताए । कर्मचारी सरुवाको विषयमा सामान्य प्रसाशन मन्त्रालयबाट काँग्रेस निकटका कर्मचारीहरुले मन्त्रीपरीषद्लाई झुक्याएको उनको भनाई छ । आफू कर्मचारी सरुवाको विपक्षमा रहेपनि सामान्य प्रसासन मन्त्रालयमा एक कर्मचारी संगठनले बाहिर देखाउँदा एकथरी लिष्ट बनाएको र पछि लागु गर्दा देखाईको भन्दा भिन्नै लिष्ट बनाएकोले सरुवाको निर्णय कार्यान्वयन नगरीएको बताए । काँग्रेस निकटको कर्मचारी संगठनले सरुवाको लागी यस्तो षड्यन्त्र गरेकोले माओवादी र एमालेलगायत अन्य कर्मचारी संगठनले यसको विरोध गरेकोले निर्णय कार्यान्वयन नगरको उनको भनाई छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग