Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बम बिष्फोटको ईन्सेकद्वारा भत्सर्ना

Published on 7:05:00 PM //

आज काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको मुलद्वारमै भएको बम विस्फोटनको अनौपचारिक सेवा केन्द्र (ईन्सेक) को भत्सर्ना गरेको छ । गुल्मीन्युजलाई प्राप्त ईन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उक्त कुरा जनाईएको हो । सरकारले देशमा शान्ती सुरक्षा बहाल रहेको बताइरहँदा सरकारको प्रमुख प्रशासानीक केन्द्र सिंहदरबार नजिकै भएको बिष्फोटनले सरकारको दाबिलाई असत्य साबित गरेको छ, प्रेस बिज्ञप्तिमा भनिएको छ, आफ्ना मागहरु शान्तीपूर्ण तरिकाले राख्न सक्ने कानुनी तथा संबैधानिक ब्यवस्था हुँदाहुँदै पनि सर्वसाधारणलाई लक्षित गरी गरिएको कुकृत्यको जतिसुकै भ्रत्सर्ना गरे पनि कमी नै हुन्छ ।
शान्तीपूर्ण तरिकाले जिउन पाउनुपर्ने नागरिकको अधिकार सुरक्षित गर्नु सरकारको दायित्व हो र उक्त दायित्वबाट सरकारले उन्मुक्ती पाउँदैन भन्दै ईन्सेकले घटनामा संलग्न ब्याक्ती र समुहलाई कानुनी दायरामा ल्याई शान्ती सुरक्षाको उचित प्रबन्ध मिलाउन तथा घटनाका पीडितहरुलाई उपचार तथा उचित क्षतिपुर्तीको ब्यवस्था गर्न पनि माग गरेको छ । घटनामा परी तीन जनाका मृत्‍यु तथा सात जना घाइते भएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग