स्कुल छोडेर ग्यासको लाइनमा (भिडियो सहित)
Published on
7:15:00 PM //
जनार्दन घिमिरे
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा लगायत जिल्लाका शहरि क्षेत्रमा खाना पकाउने ग्यासको अभाव भएपछि यहाँका उपभोक्ताहरु निकै ठूलो समस्यामा परेका छन् । जिल्लामा गत दुईसाता यता ग्यास विक्रि गर्ने डिपोहरुमा ग्यासको आयात हुन नसकेपछि उपभोक्ताहरु यसरी समस्यामा परेका हुन् । ग्यास आउने पर्खाईमा कतिपय उपभोक्ताहरु कुर्दा कुर्दा हैरानै परेको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्ला सदरमुकामका सवै ग्यासका डिपोहरुमा विहिवार अनुगमन समेत गरेको थियो । तर अनुगमनको क्रममा उसले रित्तो सिलिण्डरमात्र गोदाममा थन्किएको फेला पारेको थियो । ग्यासका डिपो संचालकहरुले आफुले ग्यास लिनभनि पठाएका सिलीन्डरहरु सम्वन्धित ठाउँमा पुगेर त्यत्तिकै थन्किएको वताएका थिए । जिल्लामा ग्यासको सहज आपुर्ति संभव नभएपनि आपुर्ति हुन सक्ने ग्यासका सिलिण्डरहरु सर्वसाधारणलाई फर्स्ट कम फर्स्ट सर्भिसको आधारमा विक्रि गर्न प्रशासनले विक्रेताहरुसंग आग्रह गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
0 प्रतिकृयाहरु