गुल्मीमा जन्मियो मान्छेको जस्तो अनुहार भएको बाख्राको पाठि
Published on
12:32:00 PM //
मनोज बस्नेत
गुल्मीको छापहिलेमा एउटा बाख्रोले मानिसको अनुहार भएको पाठी जन्माएको छ । छापहिले गाविस वार्ड नम्बर २ खाल्टारुख निबासी मुत्त बहादुर थापाको घरमा रहेको स्थानीय जातको बाख्रोले बिहीवार दिउँसो यस्तो पाठी जन्माएको हो । त्यस बाख्राको पाठीको आखाँ, नाक लगाएत अनुहार नै मानिसको जस्तो रहेको तर अन्य अङ्ग भने सामान्य रहेका छन् । त्यस पाठिले दुध चुस्न नसक्ने र पछाडी खुट्टा समेत टेक्न नसक्ने स्थानीय शिक्षक तारा बहादुर राउतले जानकारी दिनुभयो । गाउँमा अचम्म भएपछि मुत्त बहादुरको घरमा हेर्नेहरुको भिड् लाग्न थालेको छ । मुत्त बहादुर भने रोजगारको शिलशिलामा भारतमा हुनुहुन्छ ।
0 प्रतिकृयाहरु