Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्यास पाईएन, चाउचाउ खाएर गुजारा (फोटो फिचर)

Published on 8:47:00 PM //

  • दिनभरी लाइन बस्दा पनि पाईएन ग्यास
  • स्थानीय प्रशासनद्धारा ग्यास डिलर र पसलमा छापा
  • विद्यार्थी, कर्मचारी र होटेल ब्यवसायी बढी मर्कामा
  • ब्यापारीहरुले ग्यास आफ्ना मान्छेलाई मात्र दिने गरेको गुनासो



गगनशिला खड्का
गुल्मीको घमिर गाविसकी नमा कार्की कोठामा खान पकाउने ग्यास नभएपछि स्कुल नगएको चार दिन भयो । उनि सदरमुकाम तम्घासमा डेरा गरेर बस्ने  रेसुङ्गा माध्यमिक विधालयमा कक्षा ९ मा  अध्यनरत विधार्थी हुन । कोठामा खाना पकाउने ग्यास सकिएको र बजारमा ग्यास नपाएपछि खान पकाएर खान नपाएकी उनि विधालय नै नगई चाउ—चाउको भरमा बसेकी छन ।  गुल्मी जिल्लामा अहिले खाना पकाउने एलपि ग्यासको हाहाकार भएको छ । सरकारले मूल्य बृद्धिगरे देखि फट्टफुट्ट पाईन छोडेको ग्याँसको एकसातादेखि चर्को अभाव देखिएको हो । ग्याँस विक्रेताहरुले खाली सिलिण्डर लिएर पनि उपभोक्ताहरुलाई ग्याँस दिन सकिरहेका छैनन् । विभीन्न कारणले गर्दा गुल्मीमा दुई हप्तादेखि ग्याँस पाउन कठिनाई भैरहेको हो । ग्याँसको अभाव भएपछि कोठाभाडामा बसेका विद्यार्थीहरु, कर्मचारी, होटलव्याबसायी सबैभन्दा बढी मारमा परेका छन् । थोरै मात्र स्टक रहेका ग्याँस आफ्ना मान्छेलाई मात्र दिने गरेकोले तम्घासका स्थाईबासिन्दालाई भने कम समस्या परेको छ । शुक्रबार गुल्मीमा जम्मा १ सय १० ग्यास सिलीन्डर मात्र भित्रिएका छन तर उपभोक्ताको लाईन भने त्यसको झन्डै दोब्बर छ ।








0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग