Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वच्छ छबी भएको एलडिओ पाउनुपर्ने गुल्मीबासीको माग

Published on 6:19:00 PM //


गगनशिला खड्का
एउटा जिल्लामा २ वर्ष काम गरेका स्थानिय विकाश अधिकारीहरुको नियमित सरुवाको समय आएको बेला गुल्मीका जनताले स्पष्ट योजना सहितको स्वच्छ व्यक्तित्व भएको व्यक्तिको माग गरेका छन् । सरकारले नियमित प्रकृया अन्तर्गत फागुनमा २ वर्ष एउटै जिल्लामा बसेका स्थानिय विकाश अधिकारीको सरुवा गर्ने भएकोले यतिबेला जिल्लामा यस्तो माग भएको हो । जिल्लाको समग्र विकाशको खाका कोर्ने जिल्ला विकाश समितिको कार्यालयमा आउने स्थानिय विकाश अधिकारी संग स्पष्ट योजना नहुँदा विकाशको काम प्रभावित भएको भन्दै जिल्लाबासीले स्पष्ट खाका सहितको स्थानिय विकाश अधिकारीको आवश्यकता महशुस गरेका छन् । जिल्ला बासीले मात्र नभई जिल्लामा क्रियाशिल अपाङ्गगता भएका व्यतmीहरुले समेत स्वच्छ छविको स्थानीय विकास अधिकारी जिल्लाले पाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत स्थानीय विकास मन्त्रालयमा ज्ञापन पत्र पठाएका छन ।
नेपाल अपाङ्ग एकता समाज गुल्मीले आईतवार ९ बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन । उनिहरुले ज्ञापन पत्रमा नियमित प्रकृया अन्तर्गत तत्काल स्थानिय विकाश अधिकारीहरु सरुवा हुने समय आएकोले गुल्मीमा केही समय काजमा काम गरी जनतामाझ लोकप्रिय बनेका स्थानिय विकाश अधिकारी हिरालाल रेग्मी गुल्मी आउनुपर्ने माग गरेका हुन । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले समन्धीत निकायमा समयमै पु¥याउने प्रतिबद्धता व्यतm गरेका थिए । राजनैतिक दलका लागी मात्र होईन, दलित, महिला, जनजाती, अपाङ्ग लगायतका विभीन्न लक्षित क्षेत्रको रकम सहि ठाउँमै सदुपयोग नगरी रकमान्तर गरेर काम गर्ने गरेकोले यस्तो हुन नदिन पहल गर्न रेग्मीले भूमिका निर्वाह गरेको भन्दै उनीहरुले खुसी समेत व्यक्त गरेका छन् ।
अपाङ्गको क्षेत्रमा राम्रै काम गरेको भन्दै छोटो अवधिमै अपाङ्ग एकता समाज गुल्मीले उनलाई सम्मान समेत गरेको थियो । “उहाँले अपाङ्गहरुलाई हेर्ने दृष्टिकोण र गर्ने सहयोग, यस क्षेत्रमा आएको रकम सदुपयोग हुनुपर्छ भन्ने दृष्टिकोण पाएकोले हामीले उहाँलाई सम्मान गर्यौँ” – अपाङ्ग एकता समाज गुल्मीका अध्यक्ष घन बहादुर खड्काले भने – हामीलाई कसैको निगाह चाहिएन, सम्बन्धित क्षेत्रमा आएको रकम सदुपयोग गर्ने व्यक्ति जिल्लाको लागी आवश्यक छ ।” खड्काले गुल्मी जिल्लाको समग्र विकासका लागि गुल्मी जिल्लामा छोटो समय मात्र बसेर काम गरेका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको आवश्यक्ता रहेकोले त्यसको माग गरी ज्ञापनपत्र बुझाएको बताए । उनले भने“जसले गुल्मीको हित र शुसासन कायम गर्छ,त्यसको माग जहाँ पनि हुन्छ,त्यो काम केही समय मात्र काम गरेका एलडीओ हिरालाल रेग्मीले गरेका थिए र अझै गुल्मीलाई उनको आवश्क्यता छ त्यही भएर माग गरेका हौ्ँ ।”
जिल्लाका विकाशका काम यहाँका राजनैतिक दल तथा सरोकारवालाहहरुको समन्वयमा हुने भएपनि आबस्यकता अनुसारको योजना बनाउने र योजना कार्यान्वयन गर्ने कामका लागी स्थानिय विकाश अधिकारीको महत्वपूर्ण भूमिका हुनुपर्ने भन्दै उनीहरुले आफ्नै स्पष्ट दृष्टिकोण सहितको स्थानिय विकाश अधिकारीको माग गर्न थालेका छन् । रेग्मी फेरी गुल्मी आएर काम गर्न पाउनुपर्ने यहाँका राजनैतिक दल, संघ संस्था, व्यावसायी र सर्वसाधारणले समेत माग गरेका छन ।
सुर्खेतबाट गत जेठ महिनामा काजमा गुल्मी आएपनि काज फिर्ता भएकोले पुस महिनामा सुर्खेतमै फर्केका रेग्मीले छोटो अवधिमै विभीन्न विषयमा स्पष्ट धारणा राख्न सफल भएकोले गुल्मीमा आउनुपर्ने उनीहरुको माग छ । “जिल्लाले लामो समयदेखि राम्रो एलडिओ नपाएकोले विकाशका काम समेत प्रभावित भएका थिए तर छोटो अवधिमै जिल्लामा आएपनि उहाँमा स्पष्ट योजना छ भन्ने लागेको भएपनि लामो समय बस्न पाउनुभएन । गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले भने –“ रेग्मी जिल्लाको लागी उहाँ फेरी गुल्मी आउनुपर्छ । ”
स्थानिय विकाश अधिकारील सर्बदलिय संयन्त्रको निर्णय पारीत गर्ने मात्र काम गरेको अबस्था देखिएकोले कसरी जिल्लालाई विकाशको अग्रगतिमा अगाडी बढाउने भन्ने विषयमा राम्रो योजना प्रस्तुत गर्न सक्ने व्यक्ति जिल्लाले पाउनुपर्ने यहाँका दलहरुको पनि माग छ । “ हुन त हाम्रै योजना आँखा चिम्लेर ओके भन्ने एलडिओ भएपनि हामीलाई राम्रो हुने हो तर जिल्लाको विकाशको  लागी हेर्ने हो भने त्यसै अनुरुपको व्यक्ति आउनुपर्छ , – “एकीकृत नेकपा माओ वादीका एक नेताले भने – व्यक्ति नै किटान गर्दा उ भोली आउन सकेन र अरु आयो भने हामी
विबादमा परीन्छ, तर रेग्मी जि को गुल्मीमा आबस्यकता हो ।” नेपाली काँग्रेस र नेकपा एमाले, जनमोर्चा, माले, राप्रपा लगायत जिल्लामा क्रियाशिल सबै राजनितीक दलका नेताहरुले रेग्मी संग योजना निर्माणको बेला काम गर्न नपाएकोमा दुःखेसो व्यक्त गरे । “पार्टिगत रुपमा सरुवा गर्ने प्रचलनले गर्दा संस्कार विग्रेको हो, तर जिल्लाको हितको लागी काम गर्ने जस्तो व्यक्तिलाई योजना निर्माणको बेला सम्म रहन दिनुपर्छ । ” – एमालेका एक जिल्ला सदस्यले भने ।
प्रायः जिल्लाका विभीन्न योजनाहरु बनाउँदा दलका कुरा नै पारीत हुने गरेपनि रेग्मीले योजना आफुले बनाएको र पेश गरेको देख्दा खुसी लागेको नेताहरुको भनाई छ । “प्रायः संयन्त्रका बैठकमा हामी नेताहरुले गरेका कुरा नै ठिक भनेर स्विकृत हुन्थे, तर रेग्मीको कार्यकालमा म दुई पटक सहभागी हुँदा उहाँबाटै ठोस योजनाहरु आएकोले खुसी लाग्यो ।” – राष्ट्रिय प्रजातन्त्र पार्टिका एक नेताले भने ।
योजनाहरु बाँडफाँड गर्दा यहाँको सबै विषय जानकारी भएको, पोख्त र स्पष्ट अडान भएको व्यक्ति आउनुपर्ने नेपाली काँग्रेसकी विष्णु सापकोटाले बताईन । “ पहिला आफूले एउटा कुरा गर्ने अनि फेरी अर्काले प्रस्ताव राख्यो भने त्यो पनि ठिक भन्ने आफ्नो अडान नै नभएको व्यक्तिले नेतृत्व गर्‍यो भनेपनि विग्रन्छ । – सापकोटाले भनिन् – “पहाडी क्षेत्र हो, यहाँको बारेमा सबै बुझेको व्यक्ति हुनु आबस्यक छ । ”रेग्मीले काजमा गुल्मी आउने वित्तीकै कार्यालयमा वषैाँदेखि एकै फाँटमा बसेर काम गर्दा समस्या भएको भन्दै कर्मचारीहरुको फाँट सरुवा गर्नुभएको थियो । फाँट सरुवाका कारण काममा चुस्त दुरुस्तता आएउत्साह समेत थपिएको कर्मचारीहरुले बताए । आन्तरीक र बाह्य सुधारको लागी कर्मचारीहरु समेत रेग्मीको सरुवाको प्रतिक्षामा रहेको बताउँछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग