Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भलिबल उपाधी युथ भिजन क्लबलाई

Published on 4:11:00 PM //


पाण्डव गौतम
गुल्मी जिल्लाको तुराङ गाविस स्थित श्री जनता बाल निकेतन निमाबीले आयोजना गरेको वार्ड स्तरीय भलिबल प्रतियोगिताको उपाधी वार्ड नं. १ स्थित युथ भिजन क्लबले हात पारेको छ । क्लबले लागातार ३ बर्ष सम्म उपाधी जितेर रनिङ शिल्ड पचाएको हो । प्रतियोगिता तुराङ गाविस, पिपलपाटामा माघ २८ र २९ गते गरी दुई दिन सम्म चलेको थियो । अत्यन्त प्रतिस्पर्धात्मक रहेको प्रतियोगीतामा युथ भिजनले आयोजक जनता निकेतनलाई १५-१४, १५-१३ र १५-११ को सोझो सेटमा पाखा लगाउँदै उपाधी पोल्टामा पार्न सफल भएको हो । उपाधी सँगै युथ भिजनले शिल्ड, प्रमाणपत्र तथा जिन्सी पुरस्कार हात पारेको थियो । कुल ९ वडा रहेको तुराङ गाविसमा वार्ड नं. ३ ले सहभागीता नजनाएपछी जम्मा ८ टिम पर्तिस्पर्धामा उत्रिएका थिए । खेलमा तेस्रो स्थानका लागि खेल खेलाईएको थिएन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग