Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानमन्त्री भट्टराईलाई ध्यानाकर्षण पत्र

Published on 6:21:00 PM //


गगनशिला खड्का
देशका विभिन्न जिल्लामा बढ्दै गईरहेको महिला हिंसाका घटनामा सरकार गम्भीर नबनेको भन्दै आज महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले ७५ बटै जिल्ला बाट प्रधानमन्त्रीलाई ध्यानआर्कषण पत्र पठाएको छ । सोही कार्यक्रम अनुरुप महिला माबन अधिकार रक्षक सञ्जाल गुल्मीले पनि जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई ध्यानआर्कषण पत्र पठाएको छ । महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका अध्यक्ष सिता भुषालको नेतृत्वमा गएको महिला मानब अधिकार रक्षकहरुको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई ध्यानआर्कषण पत्र बुझाएका हुन ।
कुनै पनि हिंसा पिडित महिलाहरुले उजुरी गरेको २४ घण्टा भित्र हिंसाको सहि सम्बोधन गर्ने संयन्त्रको विकास गर्नुपर्ने,महिला मानब अधिकार रक्षकहरुको सुरक्षाका लागि नितिगत व्यवस्था हुनुपर्ने लगाएतका माग सहित बुझाईएको ध्यानआर्कषण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले समन्धीत निकायमा समयमै ध्यानआर्कषणपत्र पठाईदिने प्रतिबद्धता व्यतm गर्नुभएको थियो ।सञ्जालले देशमा बढ्दै गईरहेको अपराधको राजनिति र राजनितिको अपराधीकरणका कारण महिलाहरुको जिबन दिनदिनै कष्टकर बन्दै गईरहेको बताएको छ ।
प्रधानमन्धीलाई सञ्जालले पठाएको ध्यानआर्कषण पत्रमा सुुरक्षाको जिम्मेवारी लिएका डिआईजीबाट श्रीमतिको हत्या हुनु, भक्तपुरमा ८० बर्ष पुगीसकेकी बृद्ध बलात्कृत हुनु,छोराहरुले सम्पत्ती कब्जा गरेर घरबाट निकाल्नु,सरकारबाट समेत सुकुम्बासी भनि घर बाहिर निकाल्ने धम्की दिई बिचल्ली पार्ने कोशिस गरिनु, भर्खरै सदुरपश्मिाञ्चलको दार्चुलामा अर्को पुरुष संग बोलेकै कारण आफ्नो श्रीमानले यौनाङ्ग काटेर अस्पत्तालमा छटपटाउन बाध्य पारिनु जस्ता घटनामा सरकारको ध्यान नपुगेको भन्दै ध्यानआर्कषण गराउन खोजिएको उल्लेख गरिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग