Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पूर्तिघाट आयुर्वेदमा शय्या अभाव

Published on 5:27:00 PM //


भरत पाण्डेय,
तीन जिल्लाको सिमानामा स्थापना भएकोले गुल्मी पर्वत र बाग्लुङका १२ गाविसका जनताले सेवा लिने गुल्मीको पूर्तिघाट आयुर्वेद औषधालयमा शय्या अभावको कारण उपचारमा समस्या भएको जनगुनासो बढेको छ।

गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने पूर्तिघाट गाविसमा स्थापना भएको आयुर्वेद औषधालयमा शय्याको अभावका कारण बिरामीलाई खाटमा सुताएर उपचार गराउनुपर्ने अवस्था आएपछि जनताले गुनासो गर्न थालेका हुन्। अव्यवस्थित संरचना र शय्या अभाव भएका कारण उपचार गर्न जाँदा निकै अप्ठ्यारो महसुस भएको पर्वत रानीपानीका रामहरि शर्माले गुनासो गर्नुभयो। २०१७ सालमा स्थापना भएको उक्त औषधालयमा शय्याको अभाव खड्किएको हो। औषधालय स्थापना भएको ४ दशकपछि मात्र २०५६ सालमा भवन निर्माण भएको थियो।

अहिले भौतिक संरचना जीर्ण बन्दै गएपछि औषधि स्टोरलगायत अन्य विविध समस्याहरु उत्पन्न भएको छ। मर्मत-सम्भारको लागि जिल्ला विकास समितिबाट १ लाख ५ हजार रकम विनियोजन भएको छ भने आयुर्वेद स्वास्थ्य विभागबाट ७ लाख रकम विनियोजन भएको छ। रकम निकासा भएपछि काम अगाडि बढाइने औषधालयका प्रमुख कविराज हरिप्रसाद पन्तले बताउनुभयो।
अहिले शय्याको अभावमा बिरामीहरुलाई खाटमा सुताएर सेवा दिनुपर्ने बाध्यता रहेको पन्तले जानकारी दिनुभयो। उक्त औषधालयमा पर्वतका रानीपानी बर्राचौर शालिग्रामलगायत बाग्लुङका ३ गाविस र गुल्मीका झन्डै ६ गाविसका सेवाग्राहीहरु आउने गरेका छन्। दैनिक १० देखि १५ जनासम्मका सेवाग्राहीहरु औषधालयमा आउने गरेको पन्तले बताउनुभयो।

सेवाका लागि अम्लपित्त रक्तअल्पत्ता कमलपित्त जन्डिसलगायतका बिरामीहरु आउने गरेका छन्। औषधालयमा ४ जनाको दरबन्दी रहे पनि १ जना रिक्त रहेका छन्। कर्मचारी अपुग भए पनि सेवाग्राहीलाई सेवा दिन समस्या नभएको पन्तले बताएका छन्। गुल्मीमा स्थापना भएका ३ वटा औषधालयमध्ये पूर्तिघाट औषधालय पनि एक हो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग