Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानका-टिकाराम बहुमुखी क्याम्पसलाई कतारबाट सहयोग

Published on 5:25:00 PM //


कुमार अविरल पन्थी,
गरिबीको विसम तगारोको कारण अशिक्षाको गहिरो र कहाली लाग्दो खाडलमा छट्पटाई रहेका हाम्रा कलिला वालवालीकाहरु र उच्च शिक्षाको अभावमा तड्पिएका युवा युवतीहरुको दर्दनाक चित्कार हाम्रो समाजमा खड्की रहेको कुरा सर्वविदिदै छ ।
गरिबीको कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चीत भईरहेका युवा युवतीहरुको उच्च शिक्षालाई मध्यनजर गर्दै  गुल्मी जील्लाको क्षेत्र न. १ को केन्द्र रुद्रावतीको काखमा अवस्थित तुराङ्ग गा.वि.स.को मजुवामा पर्ने श्री मानका-टिकाराम बहुमुखी क्याम्पसको निर्माण तथा कक्षा सञ्चालनको लागि कतारबाट आर्थिक सहयोग गरिएको छ । सो सहयोग गुल्मी सेवा समाज, दोहा कतारको पहल तथा श्री दोर्ण बहादुर बस्नेतको विषेश पहलमा क.रि. १२९३०  अक्षेरुपी बाह्र हजार नौ सय तिस, कतारी रियाल सहयोग गरिएको हो ।
केहि दिन अगाडि सम्पन्न  श्री ज्ञानोदय उच्च मा.वि. को स्वर्ण महोत्सवको अवसरमा क्याम्पसको उत्तरोत्तर प्रगती, उन्नती तथा सफलता को शुभकामनाका साथ उक्त  सहयोग हस्तान्तरण गरिएको कुरा बस्नेतले जानकारी गराउनु भयो ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग