Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संघियता विरुद्ध जनमोर्चाको विरोध प्रदर्शन

Published on 10:18:00 PM //


पि.एम.मगर
राष्ट्रिय जनमोर्चा गुल्मीले संघियताको विरोध गर्दै सदरमुकाम तमघासमा विरोध सभा सम्पन्न गरेको छ । संघियताको विरोधमा नारा लगाउँदै एक र्‍यालीले सदरमुकाम तमघास वजार परिक्रमा गरी लाकुँरी मञ्चमा पुगी कोण सभामा परिणत भएको थियो। सभालाई जनमोर्चाका क्षेत्रीय सदस्य एवं जिल्ला उपाध्यक्ष रामेश्वर खत्रिले संवोधन गर्नुभएको थियो।
संघियताले देश टुक्रिने भन्दै संघियतामा नजान उहाँले सरकारलाई सुझाव दिनुभयो ।
हाम्रो मुलुकका लागि संघियता आवश्यक नरहेको भन्दै यदी मुलुक संघियतामा गए स्वत विखण्डन हुने क्षत्रीय सदस्य खत्रीले दावी गर्नुभयो। मुलुकलाई विखण्डन हुनवाट वचाउन जनताले सरकारलाई दवाव दिनुपर्ने वेला आएको वताउनुभयो। संघियताको खारेज हुनुपर्ने, तोकिएको समयमा संविधान जारी हुनुपर्ने, स्थानीय निकायको चुनाव छिटो भन्दा छिटो हुनुपर्ने लगायतका माग राख्दै जनमोर्चाले आज देशभर विरोध कार्यक्रमको आयोजना गरेको हो।
अर्का बक्ता कतार नेपाली एकता समाजका पूर्व महासचिव भीमकान्त पन्थीले ९-१० वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा भ्रष्टाचार मौलाएकोले तत्काल स्थानीय निकायको निर्वाचन गर्नुपर्ने जोड दिनुभयो। कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य ओमन्द्र कुवँर पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला सचिव छविलाल सर्तुङ्गीको अध्यक्षता जिल्ला सह–सचिव कमल अर्यालको स्वागत मन्तव्य र अखिल छैठौँको केन्द्रीय सल्लाहकार योगेन्द्र काउछाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग