Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माझी समुदायद्धारा वचत समुहको गठन

Published on 7:56:00 PM //



रेडियो रेसुङ्गा
माझी समुह बलिथुम गुल्मीले माझीहरुको हक हितका लागि माझी वचत समुहको स्थापना गरेको छ। समुहलाई आई पर्ने आकस्मिक समस्या समाधानलाई लक्षित गरी स्थापना गरिएको सो समुहले विशेष गरेर निम्न वर्गका लागि अकस्मात हुने विरामीहरुको हितका लागि सो वचत समुहको स्थापना गरिएको सल्लाहकार केहरसिँह माझीले वताउनुभयो। गाविसमा ५२ घर रहेको माझीहरुले प्रत्येक महिना वैठक वस्ने र प्रत्येक घरवाट एक सय रुपैयाँ वचत गरी कोष खडा गरिएको छ। उक्त कोषवाट आफुहरुलाई ठुलो राहत मिलेको र साहुसँगको ऋणको भारवाट मुक्त भएको समुहका सदस्यहरुले वताएको हाम्रा सहकर्मी गँगु कुवँरले वताउनुभएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग