Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सात जना जेष्ठ नागरिक सम्मानित

Published on 7:56:00 PM //


रेडियो रेसुङ्गा
साईन डेभलपमेण्ड बैंकले वार्षिकोत्सवको अवसरमा अर्घाखांची जिल्लामा रहेका सात जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ।
जिल्लाको पहिलो नीजि बैंक तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा जिल्लाको जेष्ठ नागरिकलाई सम्मान गरिएको हो। उनीहरुले
जन्मेदेखि वृद्ध हु“दासम्म समाजमा सकारात्मक भुमिका निर्वाह गरेको भैन्दै बंैकले सम्मान सहित नगद पुरस्कारले पुरस्कृत गरेको हो। सम्मानित हुनेमा सन्धिखर्क घट्टेटारीका ९१ वर्षीय डिलाराम भुसाल र ८९ वर्षीय उहांकी श्रीमती हुमकला, सन्धिखर्क हटारीका ९४ वर्षीय दुर्गाप्रसाद भुसाल र ८९ वर्षीय उहांकी श्रीमती सावित्रा, ठाडा गाविसका ९२ वर्षीय नन्दलाल बेल्वासे, ८२ वर्षीय अयोद्यप्रसाद श्रेष्ठ र ७९ वर्षीय उनकी श्रीमती सरस्वती रहेको बैकका सहायक म्यानेजर नारायण पंथीले बताउनुभयो। जेष्ठ नागरिकहरु समाजका प्रेरणाका स्रोत भएकाले सम्मान गरिएको बैंकले जनाएको छ जिल्लामै पहिलो पटक वृद्धहरु बैंकमार्फत सम्मानित भएका हुन। जेष्ठ नागरिकहरुले जीवनमा गरेको ऐतिहासिक सकारात्मक काम र संघर्षबारे महत्वपुर्ण योगदान रहेको र उनीहरुबाट धेरै कुरा सिक्नुपर्ने भएकाले वृद्धहरुलाई सम्मान गरिएको बैंकका शाखा प्रवन्धब
बुद्धिजीवन भुसालले बताउनुभयो। उनीहरुलाई बैंकका शेयर सदस्य तथा उद्योग वाणिज्य संघ अर्घाखा“चीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दोसल्ला ओडाएर र नगर रु १ हजार रुपैया“ हस्तान्तरण गरेर सम्मान गर्नुभएको हो। उनीहरुलाई बैंकका, शेयर सञ्चालक, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधीहरु घर–घरमै पुगेर सम्मान गरेका थिए। सम्मानपछि उनीहरुले समाजको लागि राम्रो काम गर्नसुझाव दिएका थिए।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग