Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशको कमाईबाट आँखा अस्पताल र स्कुललाई सहयोग

Published on 5:11:00 PM //

जनार्दन घिमिरे
जीवनमा प्राय ः सवैको चाहना भनेको पैसा कमाउनु, मिठो खानु, राम्रो लगाउनु र एउटा चिटिक्कको घर वनाएर वस्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यसैले प्राय मानिसहरु त्यो चाहना पुरा गर्नका लागि भनेर सात समुन्द्र पारि पुग्न पनि वाध्य हुन्छन् । तर आफुले पसिना वगाएर कमाएको त्यही पैसा सवै मानिसहरुले सामाजिक काममा खर्चेको ईतिहास भने विरलै हुन्छ । केही यस्ता व्यक्तिहरु पनि यही समाजमा हुन्छन् जो आफुले कमाएको त्यही रकमलाई जोगाएर समाजिक काममा खर्चिएका छन् । यस्तो उदाहरण देखाएका छन् गुल्मी ससुराली घर वनाई अर्घाखाँची जिल्ला वाङ्ला गाविस ८ निवासी ३२ वर्षीय अर्जुन प्रसाद अधिकारीले ।
गत ११ वर्ष अघि कामको सिलसिलामा जापान पुगेका अधिकारीले जीवनमा आफ्नो मेहनतले पैसा त कमाए नै तर उनले त्यही आफुले कमाएको पैसावाट जापानको होक्काईदो र आपासिरी जस्ता ठाउँहरुमा ११ वटा होटल समेत संचालन गरि पाँच दर्जन भन्दा वढी नेपालीलाई रोजगार समेत दिनु भएको छ । उहाँकै सक्रियतामा कोही पनि मानिसहरु आँखाको समस्याका कारण आफुले अकालमै आँखाको ज्योति गुमाउन नपरोस भन्ने उद्देश्यले आज आँखा उपचार केन्द्र गुल्मीलाई चार लाख मुल्य वरावरको पोर्टेबल सलाईट ल्याम्प नामक आँखा जाँच गर्ने मेशिन उपलव्ध गराउनु भएको छ । आफु ससुराली घर आएको मौकामा गत सात महिना अघि तम्घास स्थित आँखा उपचार केन्दमा पुग्नु भएका अधिकारीले समितिसँग छलफल गर्नेक्रममा उक्त मेशिनको आवश्यकता देखेपछि आफुले उक्त मेशिन उपलव्ध गराईने आश्वासन दिनु भएको थियो ।
त्यही आश्वासनको आधारमा आज उहाँ आफ्ना दुईजना साथीहरु हापासी हिरोसी र इकेहारानगुताका साथ गुल्मी आई उक्त मेशिन हस्तान्तरण गर्नु भएको हो । “म सँग पैसा भएर सहयोग गरेको हैन, तर आफुले कमाएको केही पैसा मानवीय उद्धारको कार्यमा लगाएर गरिव तथा विपन्न परिवारका मानिसहरुले आँखा जस्तो संबेदनशील विषयमा उपचारको अभावमा ज्योती नगुमाउन भनेर यो सहयोगरेको हुँ,” उहाँले भन्नु भयो । निकै हसिलो र मिजासिलो स्वभावका अधिकारीले यस अघि गुल्मीको जुभुङ्ग गाविसमा रहेको माहाकाली निम्न माध्यमिक विद्यालयमा मनिराम पुण्यकला गौतम प्रतिष्ठानको नाममा रु दुई लाख रुपैयाँको अक्षय कोष समेत स्थापना गर्नु भएको छ ।
अधिकारी हाल जापानमा नेपाल प्रवासी संघ होक्काईदाको अध्यक्ष समेत रहनु भएको छ । उहाँले आफ्नो जन्मस्थानमा रहेको गोपेश्वर प्रा.वी र जीवनोद्धार उच्च मावि वाङ्लामा गरि छात्र वृति र पुस्तकालय स्थापनाका लागि १३ लाख भन्दा वढी आर्थिक सहयोग उपलव्ध गराउनु भएको छ । त्यतिमात्र हैन अधिकारीले गोपेश्वर प्रा.वीमा रहेका सम्पूर्ण छात्रछात्राहरुलाई वार्षिक रुपमा एकजोर ड्रेस, झोला तथा कापि र पेन्सिल समेत उपलव्ध गराउँदै आउनु भएको छ । अधिकारीले जस्तै सवैको मन यसैगरी सामाजीक काममा खुल्दै जाने हो भने नयाँ नेपाल वन्नकालागि केही ईटा थपिने थियो कि ?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग