Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कमाउन गएको छोराको शव वुझ्नुपर्दाको पीडा

Published on 3:30:00 AM //


टंक पन्त
पैसा कमाउन विदेश गएको छोरो सुटकेशको भारी सहित नेपाल आउला र विमानस्थलमा स्वागत गरौला भनी प्रतिक्षामा रहेका परिवारजनले विमानस्थलमा सुटकेश गुडाउने ट्रलीमा उनको लास प्याक गरिएको कफन आउला भन्ने कसले सोचेको थियो र ? तर गुल्मी वलेटक्सार – ८ दार्सिंङवासका कमल प्रसाद पन्थको मृत्यु भएको ६ महिनापछि शुक्रवार मध्यरातमा परिवारले लास वुझ्नुपर्‍यो ।
घरको आर्थिक स्थिति अत्यन्त दयनीय भएकै कारण भारतको मुम्वइ हुंदै साउदी अरवमा पुगेर जंगलमा भेडा चराउने काम थालेका पन्थले लामो समयसम्म पनि घरमा पैसा पठाउन सकेनन् । गएको दशैमा उनले घर परिवारका लागि सन्तुष्ट हुने गरी पैसा र सुटकेशको भारी वोकेर आउंछन् भन्ने आशा गरेका थिए । तर कम्पनी मालिकले समयमा पैसा नदिने र पैसा दिंदा पनि अत्यन्तै थोरै दिने गरेकोले कमलमा नैराश्यता वढ्दै गएको थियो । पत्नी देवका पन्थसंग आफुले परिवारका लागि वाहिर गएर पनि केही सहयोग गर्न नसकेको, सधै आशामा मात्रै राखेको भन्दै यस्तै रहेछ जीवन छोराछोरीको राम्रो हेरचार गर्नु भनी दशैको केही दिन अगाडि फोन गरेका कमल त्यसपछि कहिले वोलेनन् ।
पत्नीसंग कुरा भएको केही दिनमा नै कमलको मृत्यु भएको खवर आयो । जव उनको मृत्यु भएको खवर आयो, स्वस्थ रहेका पिता विनीमाधव पन्थ शोकले गल्दै गए र शोकैशोकमा एक महिना अगाडि विनीमाधवको पनि मृत्यु भयो । कमलको लास साउदी अरवको अस्पतालमा थन्कि नै रहेको थियो जव साउदी अरवका नेपाली राजदुत उदयराज पाण्डेले कमलको मृत्यु भएको पांच महिना भइसकेको जानकारी र पिता विनीमाधवको समेत निधन भएको खवर पछि दुतावासवाट पहल गरी कमलको लास शुक्रवार मध्यरातमा नेपाल आइपुग्यो ।
विमानस्थलमा विभिन्न अन्तराष्ट्रिय विमानहरुवाट नेपाल आउने नेपालीहरुलाई भव्य स्वागत गर्नेहरुको भीडका वीचमा कमलका परिवारले भने कफनमा ल्याइएको शवलाई माला लगाउनु प¥यो । त्यसवेला विमानस्थलमा केहीवेर परिवारजन मात्र होइन, अन्य आगन्तुकहरुलाई स्वागत गर्न वस्नेहरु समेत भावविह्वल भएका थिए । भावविह्वल हुनेहरुले टिप्पणी गर्दै थिए – नेपालमा न रोजगारीको व्यवस्था छ, न दुख गरेर वाहिर जांदा पनि ज्यानको सुरक्षा छ । के राज्यले केही भूमिका निर्वाह गर्नु पर्दैन ? राजनीतिक दलका नेताहरु केवल सत्ताका लागि मात्र लुछाचुंडी गर्छन, युवाहरु विदेशमा पलायन हुंदै गएको तर्फ कहिले ध्यान जाने ?
दुई वर्ष अगाडि साउदी अरव पुगेका कमलको शव गल्फ एयरवाट नेपाल आएपनि त्यससम्वन्धी कागजपत्रहरु विमानले छुटाइदिदा केही समय परिवारमा थप पीडा उत्पन्न भएको थियो । गल्फ एयरले छुटेका कागजपत्र स्कानिङ गरी नेपालको विमानस्थल स्थित गल्फ एयर शाखामा पठाए पछि मात्रै परिवारले शव वुझ्न पाएको थियो ।
कमलको शवलाई प्रख्यात तीर्थस्थल गुल्मीकै रिडीमा लगेर शनिवार दाहसंस्कार गरिएको छ । कमलका श्रीमती, नावालक एक छोरा र छोरी छन् ।
ऋण खोजेर पैसा कमाउंला भनेर वाहिर जाने तर वाहिर भने अनुसार तलव नपाइने, परिवारलाई सहयोग गर्न नसकिने र काम पनि निकै कठिन खालको हुने हुंदा श्रमिक कामदारहरुमा निरासा वढ्दै जानाले पनि गल्फ र मलेसियामा आत्महत्या गर्ने नेपालीहरुको संख्या वढ्दो छ – प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डे भन्छन् – खाडी मुलुकमा मात्रै वैध र अवैध रुपमा काम गर्ने नेपालीहरुको संख्या झण्डै १५ लाख रहेको छ र त्यसमा पनि कतारमा धेरै संख्या छ ।
नेपाली कामदारहरु घरवाहिर श्रम गर्न जांदा वाहिरको तापक्रम ५०–५५ डिग्री सेल्सियस हुने र घरमा फर्किए पछि वातानुकुलित कोठामा वस्ने भएको हुंदा तत्कालै हुने तापक्रम परिवर्तनको कारणले पनि वेहोस भएर मृत्यु हुने नेपालीहरुको संख्या पनि धेरै नै रहेको साउदी अरवका नेपाली राजदुत उदयराज पाण्डे वताउंछन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग