Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गा पाँचौ वर्षमा प्रवेश गर्दै

Published on 3:56:00 PM //


रेडियो रेसुङ्गा
गुल्मीको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गाले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा आज सदरमुकाम तमघास नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। आजदेखि मनाउन गईरहेको वार्षिकोत्सवको त्रिदिवसीय कार्यक्रम अन्तर्गत रेडियोले आज पहिलो दिन सरसफाई कार्यक्रम सम्पन्न गरेको हो। सरसफाई कार्यक्रममा रेडियो रेसुङ्गाका सञ्चालक समितिका अध्यक्ष डिल्लीराज भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, कालीदत्त गुल्मका गुल्मपति सहित नेपाली सेनाका सैनिक जवान, प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार सहितको प्रहरी टोली, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायत स्थानीय समाजसेवी, वुद्धिजीवि, उद्योगी व्यापारी, रेडियोका कार्यकारी निर्देशक जनार्दन घिमिरे, कर्मचारीहरुको समेत सहभागीता रहेको थियो। त्यस्तै भोली दोस्रो दिन तमघास जिल्ला अस्पताल र रेसुङ्गा अस्पतालका विरामीहरुलाई फलफुल वितरण र पर्सी फागुन ७ गते तमघासको चिदीचौरमा राष्ट्रिय कलाकारहरुलाई सम्मान सहित भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। फागुन ७ गतेको कार्यक्रममा सहभागीताका लागि सवै श्रोतालाई रेडियोले आग्रह समेत गरेको छ।
गाउँदेखि शहरसम्म, पहाडदेखि तराईसम्म, शान्ति र समानताको प्रतिक भन्ने मुल नाराका साथ २०६४ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन स्थापना भई आफ्नो नियमित प्रशारण कार्य शुरु गरेको रेडियोले सफलतापुर्वक चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गर्न लागेको हो। रेडियोले प्रशारण गर्ने हरेक कार्यक्रमहरु सवै वर्ग, क्षेत्र र समुदायलाई लक्षित गरी तयार गर्ने गरेको छ। गुल्मी जिल्लाको अत्यन्तै रमणीय, धार्मिक, ऐतिहाँसिक, प्राकृतिक एवं पर्यटकीय स्थल रेसुङ्गाको काखमा अवस्थित तमघास वसपार्कमा स्टुडियो रहेको रेडियोले समुद्री सतहदेखि दुई हजार मिटर उचाईमा तमघासकै अर्जुनडाँडामा रहेको ४० मिटर अग्लो टावरवाट आफ्नो प्रशारणलाई निरन्तरता दिईरहेको छ। देशका विभिन्न जिल्ला र भारतका विभिन्न क्षेत्रहरुमा सुन्न सकिन्छ भने इन्टरनेट अनलाईनको www.radioresunga.com.np मार्फत संसारभर सुन्न सकिन्छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग