Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरवाटो मर्मत शुरु, राम्रै वाटोमा पनि गाडी चलेनन, स्थानीयलाई सास्ती

Published on 4:03:00 PM //


रेडियो रेसुङ्गा
गुल्मीको जुभुङ्ग झिर्वासदेखि बलिथुम नेटा सानो लुम्पेक हुँदै टारी जोड्ने मोटरवाटोको मर्मत कार्य शुरु भएको छ । स्थानीय विकास मन्त्रालयद्धारा विनियोजित पाँच लाख मध्यको रकमवाट त्यस मोटरवाटो अन्तर्गतका विग्रे-भत्किएका मोटरवाटोको मर्मत कार्य गरिन लागिएको समितिले जनाएको छ ।
सानो लुम्पेकदेखि टारी जोड्ने मोटरमा पटक पटक मर्मत कार्य गरिए पनि विगत तीन वर्ष अघिदेखि अवरुद्ध हुँदै आएको छ । उता केही महिना अघि गाविस भवनदेखि रैनादी हुँदै मजुवा जोड्ने मोटरवाटोको मर्मत कार्य सम्पन्न भएपनि गाडी भने अझै सञ्चालनमा आउन सकेको छैन। प्रत्येक वार्डमा मोटरवाटो पुगेपनि बलिथुम वार्ड नं. ३ को सानो लुम्पेकवाट एउटा मात्रै गाडी सञ्चालनमा आउनु र अन्य मर्मत भएका वाटोहरुमा थप गाडी सञ्चालनमा नआउनाले त्यस क्षेत्रका जनताहरु पैदल वा एउटै गाडीमा जोखिमपुर्ण यात्रा गर्न वाध्य छन्। यस्तै गुल्मीकै रिमुवा ९ झाँईदेउ मन्दिरदेखि पिपलडाँडा न्यौपाने टोलसम्मको करिव २ किलोमिटर मोटरवाटो निर्माण कार्य सम्पन्न भएको छ। स्थानीय उपभोक्तावाट एक लाख आर्थिक संकलन गरि निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता गोपाल न्यौपानेले वताउनुभएको छ। यस्तै सोही गाविस वार्ड नं. ८ ले पनि न्यौपाने टोलदेखि बहखरसम्म ३७ हजार रुपैयाँ लगानीमा मोटरवाटो निर्माण कार्य सम्पन्न गरेको स्थानीय भक्तवहादुर सिँजालीले जानकारी दिनुभएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग