Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुत्केरीको योनी सिलाईयो, चिकित्सकको लापार्वाही

Published on 6:11:00 PM //


जनक नेपाल
मध्य तथा सुदूरपश्चिमकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अन्चल अस्पतालका चिकित्सकको लापर्बाहीले एक सुत्केरीको योनी पूरै सिलाइएको खुलासा भएको छ ।

बाँकेको शम्शेरगञ्जकी १७ वषीर्या थारू युवती सुत्केरीहुँदा योनी सिलाइएको रहस्य खुलेको छ । सुत्केरी भएको दुई महिनापछि यौन सम्पर्क गर्न नमिलेपछि योनी सिलाइएको खुलेको हो । पुस १९ गते उनी नर्मल सुत्केरी भएकी हुन् । कलिलै उमेर बच्चा जन्माएकाले योनी केही च्यात्तिएको भन्दै डा कल्पना थापाको टिमले टाँका लगाएको हो । 'पिसाब मात्र गर्न मिल्ने गरी टाँका लगाइएको रहेछ,' युवतीका पतिले भने । पिसाब फेर्न पनि असजिलो भएपछि अस्पताल आउँदा सन्चो हुन समय लाग्ने भन्दै फर्काइएको उनले बताए ।

कोहलपुरस्थित जीवनज्योति मेडिकल हलमा स्वास्थ्य जाँच गराउने क्रममा योनी सिलाइएको पत्ता लागेको हो । मेडिकलका स्वास्थ्यकर्मीले उनलाई पुनः शल्यक्रिया गर्न भेरी अन्चल अस्पताल पठाएका हुन् । अस्पतालले आफ्ना स्वास्थ्यकर्मीको गल्ती स्वीकार्दै निःशुल्क शल्यक्रिया गरिदिने आश्वासन दिएको छ । अस्पताल प्रमुख डा नरेन्द्रकुमार रायले अन्जानबस यस्ता घटना हुने भन्दै त्यसबारे आफूले बुझ्ने बताए । युवतीको परिवारले लापर्बाही गर्ने चिकित्सकलाई कारबाही र पीडितलाई अस्पतालले उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।
ईकान्तिपुर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग