Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किसान संघद्वारा मालपोतमा तालाबन्दी, सेवाग्राही मर्कामा

Published on 2:05:00 AM //


नरेश भण्डारी
नेकपा एकीकृत माओवादी निकट अखिल नेपाल किसान संघ (२००७) ले ०६८ फागुन ४ गते मालपोत कार्यालय गुल्मीमा अनिश्चितकालीन तालावन्दी गरेपछि सेवाग्राहीहरू मर्कामा परेका छन् । उनीहरूले तत्कालीन सरकार माओवादी युद्धका बेला माओवादीद्वारा घोषित जनसरकारले गरेका घर जग्गा खरिद विक्री सम्बन्धी कामलाई वैधता दिने मन्त्री परिषद्को निर्णय फिर्ता भएको विरोधमा तालाबन्दी गरेका हुन् ।

अखिल नेपाल किसान संघ (२००७) का केन्द्रीय सदस्य वीरबहादुर कार्कीले तत्कालीन समयमा गरिएको घरजग्गा किनबेचको कामलाई मान्यता प्रदान गरी समस्याको स्थायी समाधान गर्ने सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

जोहाङ गाविसका कृष्णप्रसाद भण्डारीले कार्यकक्षमा कुनै पनि कर्मचारीहरूलाई नदेखेर कार्यालय प्रमुखसँग भेटेर जग्गा रजिष्टेसन सम्वन्धी काम गरिदिन आग्रह गरे पनि सुनुवाई नभएको गुनासो गरे । ग्रामीण गाविसहरूबाट काम लिएर आएका सेवाग्राहीहरू कार्यालयको काम हुन नसक्दा आक्रोसित भएका छन् ।

आन्दोलनकारीहरूले बिहान लगाईएको ताला जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार बैदवारको नेतृत्वमा खोलिएको भए तापनि कार्यालयका कर्मचारीहरूले काम नगर्ने जनाएपछि सेवाग्राहीहरूलाई सेवा दिन नसकेको मालपोत कार्यालयका प्रमुख विजय रानाले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग