Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर संघको स्थापना दिवस गुल्मीमा पनि सम्पन्न

Published on 9:23:00 PM //


रेडियो रेसुङ्गा
नेपाल मगर संघको ३० औँ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ गुल्मीको आयोजनामा तीन दिनदेखि सञ्चालित विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अवसरमा आयोजना गरिएको स्वर्गीय दलवहादुर राना मगर स्मृति खुल्ला भलिवल प्रतियोगिता अन्तर्गत खेलमा गुल्मी ठुलो लुम्पेकको समुह प्रथम र वडागाउँको समुह द्धितीय भएको छ ।
त्यस्तै व्याडमिण्टनमा पनि विभिन्न इभेन्टस्का खेलहरु सम्पन्न भएका छन् । नोभिसतर्फ ताराप्रसाद भुसाल र श्याम क्षेत्री सम्मिलित समुह प्रथम, हिरासिँह सराङ्गकोटी र दिभस श्रेष्ठ सम्मिलित समुह द्धितीय भएका छन्। यस्तै खुल्लातर्फ महेश काउछा र भरत भलामी सम्मिलित समुह प्रथम र प्रकाश भलामी र कृष्ण गाहा सम्मिलित समुह द्धितीए भएका छन् । यस्तै भेट्रानतर्फ वालसिँह काउछा र ओशन काउछा सम्मिलित समुह प्रथम र श्रीप्रसाद भलामी र प्रितम काउछा सम्मिलित समुह द्धितीय भएका छन्।
दिवसका अवसरमा विशेष अतिथि नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष वालसिँह काउछा मगरले प्रथम शहिद लखन थापालाई अझै पनि प्रथम शहिद लखन थापालाई राज्यले सम्मानका साथ स्वकार्न नसकेकोमा एक जुट भएर यसको पक्षमा सदा लाग्नुपर्ने र एकतृत भई सदैब आफ्नो कला संस्कृति र मगरपन झल्काउन जोगाउन लाग्नुपर्ने बताउनुभयो। मगरहरुलाई सदियौँ कालदेखि नै पछाडी पारिदै आएको भन्दै अव वन्ने संविधानमा आफ्नो हक अधिकार सुनिश्चित गर्नतर्फ एक हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सशस्त्र वल कपिलवस्तुका गणपति कविराज श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी गुल्मी शाखाका अध्यक्ष अनुपराज श्रेष्ठ, स्व दलवहादुर रानाकी धर्मपत्नी तारा राना लगायतको सहभागिता रहेको थियो।
दिवसका अवसरमा स्वर्गीय रानाकी श्रीमति तारा रानालाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो। अन्तराष्ट्रिय स्तरमा पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउने स्वर्गीय दलवहादुुर राना मगरको स्मृतिमा गुल्मीमा यो दिवस मनाईदै आईएको छ। नेपाल मगर संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जितु तरामु मगरले गर्नुभएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्थानीय विकास मन्त्री टोपवहादुर रायमाझी सहभागी हुने कार्यक्रम तय गरिएको भए पनि वेलुकी अवेरसम्म गुल्मीको जिल्ला परिषदको उद्घाटन सत्र नसकिएका कारण मन्त्री उपस्थित हुन नसक्नुभएको समितिले जानकारी दिएको छ। मन्त्री रायमाझी उपस्थित नभएपनि प्रमाणपत्रमा भने प्रमुख अतिथिको रुपमा हस्ताक्षर गर्नुभएको छ।
दिवसका अवसरमा मगर परिकार प्रदर्शन तथा सफल प्रतियोगीहरुलाई पुरस्कार समेत वितरण एवं सम्मान गरिएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग