Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी पुगेका नेताहरु ककस्ले केके भने

Published on 9:31:00 PM //


कांग्रेसले भित्र तेलको भाउ बढाउन भन्यो, बाहिर आएर विद्यार्थी उचाल्यो: स्थानिय बिकास मन्त्री टोप बहादुर रायमाझी 

भरत पाण्डे
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले कङ्ग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढाउन भित्री रुपमा सरकारलाई सुझाव दिएर बाहिर विद्यार्थी उचालेर आन्दोलन गरेको आरोप लगाएका छन्। पेट्रोलियम पदार्थको अभाव हुनुभन्दा मूल्य बढाएर आपूर्ति सहज पार्न सरकारलाई सुझाव दिने तर बाहिर आएर आन्दोलन चर्काउने दोहोरो चरित्र देखाएको बताए।
नेपाल पत्रकार महासङ्घ गुल्मीले गरेको पत्रकार भेटघाटमा उनले यस्तो आरोप लगाएका हुन्। एकीकृत नेकपा माओवादीका स्थायी समिती सदस्य समेत रहेका रायमाझीले शान्ति र संविधानको काम टुङ्गीनै लागेकोले यसको प्रतिफलका लागी कांग्रेस एमाललेले सरकारको नेतृत्व लिन चाहेको बताएका छन्। जेठ १४ मा संविधान निर्माण कार्य पूरा गर्ने गरी संविधानका धेरै विवादित विषयहरुमा वर्तमान सरकार सहमति जुटाउन सफल भएकोले यसको जस लिनको लागी मात्रै उनीहरुले सरकारको नेतृत्व परिवर्तनको कुरा गरेको बताए। मन्त्री रायमाझीले राज्य पुनःसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणलीको विषयमा मात्रै सहमति जुट्न नसकेको देखिए पनि भित्री रुपमा दलहरु सहमति नजिक पुगेकोले जेठ १४ मा संविधान जारी हुने बताए।

सबै राजतन्त्र विरोधीहरु गणतन्त्रबादी एकभएर शान्ति प्रकृया यहाँसम्म आएकोले सबैका अडानलाई समायोजन गरी शक्ति सन्तुलनको संविधान जारी हुने उनले बताए। रायमाझीले अहिले सरकारको नेतृत्व परिवर्तन तत्काल संभव नभएको बताए। शान्ति र संविधान प्रमुख कुरा भएकोले यसलाई टुङ्गोमा पुर्‍याउने विकल्प तयार नहुँदै अहिले सरकारको पुनःगठनको कुरा हुन संभव नहुने भन्दै रायमाझीले एमाले कङ्ग्रेस सहमतिमा आए भट्टराईकै नेतृत्वमा पुनःगठन भने हुनसक्ने जानकारी दिए।

कर्मचारी सरुवाको विषयमा सामान्य प्रसाशन मन्त्रालयबाट कङ्ग्रेस निकटका कर्मचारीहरुले मन्त्रीपरिषद्लाई झुक्याएको उनको भनाई छ। आफू कर्मचारी सरुवाको विपक्षमा रहेपनि सामान्य प्रशासन मन्त्रालयमा एक कर्मचारी सङ्गठनले बाहिर देखाउँदा एकथरी लिष्ट बनाएको र पछि लागू गर्दा देखाएको भन्दा भिन्नै लिष्ट बनाएकोले सरुवाको निर्णय कार्यान्वयन नगरिएको बताए। कङ्ग्रेस निकटको कर्मचारी सङ्गठनले सरुवाको लागी यस्तो षड्यन्त्र गरेकोले माओवादी र एमालेलगायत अन्य कर्मचारी सङ्गठनले यसको विरोध गरेकोले निर्णय कार्यान्वयन नगरिएको उनको भनाई छ।

लडाकु विस्फोटक बन्न सक्छन ः एमाले नेता ज्ञवाली


एमाले पोलिटब्यूरो सदस्य प्रदिप ज्ञवालीले शान्ति प्रकृया टुङ्गयाएमा राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री माओवादी नै बन्न सक्ने बताउनुभयो ।  गुल्मीको पाँचौ गणतान्त्रिक जिल्ला परीषदमा बोल्दै  ज्ञवालीले भन्नुभयो, "अहिलेको प्रमुख आबस्यकता शान्ति र संविधान हो त्यसैले शान्ति प्रकृया टुँग्याउनुस, बरु प्रधानमन्त्री तपाईँ नै भैरहनुस् ।” उहाँले राष्ट्रपतिय प्रणलीले राम्रो गर्ने भए एमाले सहमतिको आधारमा त्यो स्विकार्न तयार रहेको तर शान्ति प्रकृयाको लागी निर्णयक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “राष्ट्रपतिय प्रणलीले राम्रो गर्छ भने ओके तर निर्णयक भूमिका खेल्नुपर्यो ।"
ज्ञवलीले विभिन्न आश्वासन दिँदै झुक्याएर राखेमा लडाकु नै विष्फोटक बन्ने चेतावनी दिनुभएको छ । समयमै लडाकु ब्याबस्थापन नगरेर मेजर जनरल भन्दै झुक्याएर राखेमा उनीहरु नै विष्फोटक बन्न सक्ने चेतावनी दिनुभयो । नेपाल बहुजातीय राज्य भएकोले कुनै जातिको आधारमा जातीय राज्य बनाउन नसकिने ज्ञवालीको कथन छ । “नेपाल बहुजातीय राज्य हो, टोल टोलमा विभीन्न जाती छन्, त्यसैले जातीय आधारमा राज्य बनाउनु सकिँदैन” उहाँले भन्नुभयो ।

राजनिती गर्ने भए पोशाक फुकालेर फिल्डमा जाउ ः सचिव पौडेल


प्रधानमनमन्त्री तथा मन्त्रीपरीषद् कार्यालयका सचिव लिलामणी पौडेलले कर्मचारीले राजनिती गर्ने भए पोशाक फुकालेर फिल्डमा जान चुनौती दिनुभएको छ । कर्मचारीले राजनिती गरेको कारण विकाशका काम प्रभावित भएको भन्ने जनगुनासो आएकोले यदी राजनिती गर्ने भए कर्मचारीका पोशाक फुकालेर फिल्डमा जान चुनौती दिनुभयो । “राष्ट्रसेवक स्थायी सरकार हुन्, यीनिहरुले राजनिती गरेर काम प्रभावित गरे सबै भताभुङ्ग हुन्छ, – गुल्मीको पाँचौ गणतान्त्रिक जिल्ला परीषद्मा बोल्दै पौडेलले भन्नुभयो – यदी राजनिती गर्ने हो भने पोशाक फुकालेर फिल्डमा जानुस ।”
उहाँले नेताहरुले स्थीर कुरा नगर्ने र सँधै राजनितीक आधारमा विबाद गरेर विकाशका काम प्रभावित गरेको बताउनुभयो । देशमा स्थिर राजनिती नभएको र दलहरुविच साना तिना कुरामा पनि विबाद भएकोले विकाशका काम प्रभावित भएको उहाँको भनाई छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग