Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तानसेन गुल्मी सडकखण्ड मिचेर वनाईएको घर भत्काईने

Published on 12:23:00 PM //


रेडियो रेसुङ्गा
गुल्मी जिल्लामा रिडी तम्घास सडक अन्तर्गत सडक मिचेर बनाएका घरहरु भत्काईने भएको छ। सडक डिभीजन कार्यालयले सूचना जारी गरी तानसेन तम्घास सहायक राजमार्ग अन्तर्गत पर्ने सडकमा अतिक्रमण गरी बनाईएका घरहरु भत्काइने प्रकृया शुरु भएको जनाएको छ।
अतिक्रमण गरी बनाईएका संरचनाहरु तत्काल हटाउन सार्वजनिक सूचनामार्फत जानकारी गराईएकोले एक महिनाभित्र नहटाएमा भत्काउन बाध्य हुने सडक डिभिजन कार्यालय नम्बर ३ पाल्पाका निमित्त प्रमुख गौतम श्रेष्ठले बताउनुभयो। तम्घास तानसेन सहायक राजमार्ग पर्ने भएकोले सडकको विचबाट दायाँ बायाँ १५÷१५ मिटर सम्मका संरचना निर्माण गर्न नपाईने नियम भएको तर सडक निर्माण गर्ने बेला कुनै निर्णय भएको भए निर्णय अनुसारको दुरिका संरचना भत्काईने श्रेष्ठले बताउनुभयो।
रिडी तम्घास सडक खण्डको दायाँ बायाँ जमिन अतिक्रमण गरी घर टहरा बनाउने क्रम बढेको छ। त्यस सड्क खण्डमा १५ मिटरभित्र घर बनाउन नपाउने नियम छ। पाल्पाको बर्तुङ्गबाट गुल्मीको तम्घाससम्म तानसेन, बतासे, ढुगांखानी, भैरवस्थान, हार्थोक, अर्गली, रिडी, बलेटक्सार, श्रृङ्गा, लुम्घा, विरबास, गौँडाकोट, दुविचौर लगाएतका स्थानमा १५ मिटर दायाँ बायाँ जमिनमा घर टहरा वनाईएको भए त्यसलाइ हटाईने कार्यालयले जनाएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग