Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सी परिक्षाको मर्यादा विपरित कार्य गर्ने १४ जना निस्काशित

Published on 1:49:00 AM //


टोपलाल अर्याल
गुल्मीमा एसएलसी परीक्षा अन्तर्गत बुधवार भएको ऐच्छिक अर्थशास्त्र र ऐच्छिक गणित विषयको परीक्षामा परिक्षाको मर्यादाविपरित कार्य गर्ने १४ जना परिक्षार्थी निस्काशित भएका छन् । सदरमुकाम तम्घासको परिक्षाकेन्द्र ग वाट गण्डकी बोड्रिङ्ग स्कुलका १ जना, तम्घासकै ख केन्द्रबाट जनसहयोग माविका १ जना ,हाडहाडे परिक्षाकेन्द्रबाट गणेश माविका १ जना  निन्युखर्क माविका ५ जना, वामी परिक्षाकेन्द्रबाट शारदा बिद्या मन्दिरका १ जना, महेन्द्र आर्दश उमाविका १ जना साथै छापचौर परिक्षाकेन्द्रबाट दुर्गाभवन उमाविका १ जना, रिडी परिक्षाकेन्द्रबाट रिडी उमाविका १ जना, अर्जे परिक्षाकेन्द्रबाट अर्जे उमाविका १ जना, र म्यालपोखरी परिक्षाकेन्द्रबाट अग्लुङ्ग माविका १ जना गरी १४ जनाको आजको विषय रद्द हुने गरी निस्कासन गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीका उपसचिव थानेश्वर घिमिरेले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग