Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय नगई तलव खाने शिक्षकको मुद्धा खारेज

Published on 12:24:00 PM //


विद्यालयमा हाजिर हुन नदिएको भन्दै अदालतमा मुद्धा दायर गरेका गुल्मी बलिथुमका एक शिक्षकको निषाद्याज्ञा सम्वन्धि मुद्धा खारेज भएको छ। लामो समयदेखि विद्यालयमा नजाने, सहकर्मी एवं स्थानीय अभिभावकलाई अटेरी गर्ने, हाजिरी रजिष्टरमा प्रधानाध्यापकले गयल जनाएपनि टिपेक्स प्रयोग गरी हाजिर गर्ने गरेको भन्दै बलिथुम स्थित थाक्सी पोखरा माध्यमिक विद्यालयका अभिभावकहरुले शिक्षक कृष्ण के.सी.लाई हटाउनुपर्ने माग राखेका थिए। सोही विषयलाई लिएर शिक्षक कृष्ण के.सी.ले जिल्ला अदालतमा निषाद्याज्ञा सम्वन्धी विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र विद्यालयप्रति चासो राख्ने केही युवाहरुलाई मुद्धा दिएका थिए।
शिक्षक कृष्ण के.सी. थाक्सी पोखरा माध्यमिक विद्यालयवाट रमाना पत्र नलिए पनि जिल्ला शिक्षा कार्यालयले उपल्लो तमघास माध्यमिक विद्यालयमा हाजिर गराउँदै आएको भन्ने जानकारी प्राप्त भएको ठहर गर्दै शिक्षक के.सी.ले दायर गरेको निषाधाज्ञा संवन्धि मुद्धा अदालतले खारेज गरेको हो। शिक्षक के.सी. नियमित विद्यालयमा नजाने लगायतका स्थानीय अभिभावकको गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले शिक्षक के.सी. लाई उपल्लो तमघास माध्यमिक विद्यालयमा काजमा खटाएको थियो।
स्थानीयवासीले विद्यालयमा प्रवेश गर्न नदिने चेतावनी दिएको भन्दै उनले निषाद्याज्ञा संवन्धी जिल्ला अदालतमा मुद्धा दिएका थिए। शिक्षक के.सी.लाई अव जिल्ला शिक्षा कार्यालयले के गर्छ त भन्ने प्रश्नमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत अर्यालले अहिले नै केही भन्न नसक्ने, छलफल गरेर जानकारी गराउने वताउनुभयो। शिक्षक केसीले थाक्सी पोखरा माध्यमिक विद्यालयवाट रमाना नै नलिई उपल्लो तमघास माध्यमिक विद्यालयमा पढाउँदै आएका छन्। शिक्षक के.सी.को व्यवहारवाट आफ्नै गाउँ बलिथुमवासी समेत रुष्ट हुँदै आएका छन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग