Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षा नीति व्यवहारिक भएनः सभाषद थापा

Published on 4:22:00 PM //


रेडियो रेसुङ्गा
गुल्मी क्षेत्र नं. ३ का सभाषद चन्द्रवहादुर थापा सागरले अहिलेको शिक्षा व्यवहारिक नभएको र यसले सकारात्मक परिणाम दिन नसकेको वताउनुभएको छ। उहाँले सीपमुलक शिक्षा हुनुपर्ने र त्यसका लागि पाठ्यक्रम नै परिमार्जन गर्नुपर्नेमा उहाँको जोड् दिनुभयो। ठाढुङ्गा माध्यमिक विद्यालय दर्लामचौर गुल्मीको स्वर्ण महोत्सवको आज एक समारोहका विच उद्घाटन गर्दै साषद थापा सागरले यस्ता्े वताउनुभएको हो। एकीकृत नेकपा माओवादीका युवा नेता समेत रहनुभएका सभाषद सागरले वर्तमान राजनीतिक गरितरोधको अन्त्य गर्दै तोकिएको समयभित्र संविधान निर्माण गर्नका लागि आफ्नै दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार वनाउन पहल भईरहेको वताउनुभयो। उहाँले ठाढुङ्गा माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय वनाउनका लागि आफ्नो क्षेत्रवाट सक्दो सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ठ अतिथि रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले आफु यसै विद्यालयमा अध्ययन गरी यहाँसम्म आईपुगेको स्मरण गर्दै स्वर्ण महोत्सव मनाउन पाएकोमा गौरव महसुस गरेको वताउनुभएको थियो। कार्यक्रममा युवा उद्यमी एवं समाजसेवी श्यामलाल खरेल, एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य एवं गुल्मी क्षेत्र नं. ३ का संयोजक विरवहादुर कार्की, नेपाली काँग्रेसका क्षेत्रीय सभापति दामोदर भुसाल, सो पार्टीका जिल्ला प्रतिनिधी लक्ष्मी अर्याल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्ट, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष रामेश्वर अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम भुसाल, पुर्व शिक्षक रामेश्वर अर्याल, नेपाल पत्रकार महासंघका सभाषद तिलक महत, क्रान्तिकारी पत्रकार संघका जिल्ला उपाध्यक्ष गणेश सारु, जिल्ला सदस्य सुभाष महत, रामराज्य उच्च माध्यमिक विद्यालय दोहोली श्रोत केन्द्रका व्यवस्थापन समिति अध्यक्ष चन्द्रवहादुर महत, सोही विद्यालयका शिक्षक लालवहादुर महत लगायतका अतिथिहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। स्वर्ण महोत्सव समारोहमा लोक गायक वावुराम पन्थीको विशेष प्रस्तुति समेत रहेको थियो भने त्यस विद्यालयका विद्यार्थीहरुद्धारा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। ठाढुङ्गा उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सव मुल समितिका संयोजक तोयनाथ शर्मा सापकोटाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा शिक्षक हरी पन्थीको सञ्चालन रहेको थियो।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग