Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मध्यरातमा बाबुछोरा कुटिए, घटनामा संलग्न १० पक्राउ

Published on 4:20:00 PM //


रेडियो रेसुङ्गा
गुल्मीको वडागाउँ गाविसको पेगाँ वस्ने दुई वावु छोरा निर्घात कुटिएका छन्। १४ गते मध्यरातमा एक टोलीले घरमै गएर उनिहरुमाथी निर्घात कुटपिट गरेको हो। वावु ५१ वर्षीय टिकावहादुर गन्दर्भ र छोरा २२ वर्षीय अनिल गन्दर्भलाई घरयासी विषयलाई लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ। गम्भिर घाईते भएका उनीहरुलाई जिल्ला अस्पताल तमघासमा उपचार हुन नसकेपछि छोरा अनिल गन्दर्भलाई वुटवल लैजान लागिएको र वावु टिकावहादुरको तमघास अस्पतालमा उपचार भईरहेको अस्पताल श्रोतले जनाएको छ। घटनामा संलग्न वगागाउँ गाविसका १ र कुर्घा गाविसका ९ जना सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडी वढाएको छ। उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गतको मुद्धा दायर गर्ने तैयारी भईरहेको प्रहरीले जानकारी दिएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग