Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकहरुको धर्ना, हिस्तानको आन्दोलन पनि जारी

Published on 4:24:00 PM //


रेडियो रेसुङ्गा
विभिन्न माग राखेर आन्दोलन गरिरहेका शिक्षकहरुले बिहीवार पनि जिल्ला शिक्षा कार्यालय गुल्मीमा धर्ना दिएका छन्। उनीहरुले विहान १० वजेदेखि दिनभर कार्यालयमा धर्ना दिएका हुन्। अस्थायी शिक्षकलाई स्थायी, राहातलाई दरवन्दी कायम गर्नुपर्ने, वालविकास सहयोगी कार्यकर्ताहरुको तलव वृद्धि तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलव सुविधा तथा नियुक्ती पत्र दिनुपर्ने लगायतका माग अघि सारेर शिक्षकहरुले चरणवद्ध आन्दोलन गर्दै आईरहेका छन्। यसअघि उनीहरुले साँकेतिक विरोध स्वरुप शनिवार मुलुकभरका विद्यालयमा पठन पाठन सुचारु गरेका थिए भने आईतवार पठनपाठन ठप्प पारेका थिए। उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने वताएका छन्। आफुहरुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले माग पुरा गर्न चासो नदेखाएको शिक्षकहरुको छ। शिक्षा मन्त्रालयले भने शिक्षक सेवा आयोग संशोधन नगरी शिक्षकहरुका माग सम्वोधन गर्न नसकिने स्पष्ट पार्दै आएको छ।
यता नीजि तथा संस्थागत उच्च माध्यमिक विद्यालहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका सेवा सर्त सुविधा एवं वृद्धि निकासका लागि स्पष्ट निर्देशिका जारी गरी कार्यान्वयनको माग गर्दै उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने शिक्षकहरुको संगठन हिस्तानले आज जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको छ। हिस्तानले विभिन्न ९ वुँदे मागहरु राख्दै आन्दोलनको घोषणा गरेको छ। आन्दोलनको पुर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको र भोली पनि धर्ना कार्यक्रम रहेको हिस्तान गुल्मीले जनाएको छ। आन्दोलनका कार्यक्रम अनुसार २१ गते पेन डाउन, २३ गतेदेखि अनिश्चितकालीन उच्च माध्यमिक विद्यालय तहका कक्षा वन्द, शिक्षा विभाग तथा उच्च माध्यमिक शिक्षा परिषदमा तालावन्दी, चैत्र ११ गते शिक्षकहरुको राष्ट्रिय भेला गर्ने र दोस्रो चरणको आन्दोलन गर्ने वताएका छन्।
उनीहरुले तत्कालीन शिक्षा राज्य मन्त्री गोविन्द चौधरी संयोजक रहेको टोलीले पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने, नीजि तथा संस्थागत उच्च माध्यमिक विद्यालहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका सेवा सर्त सुविधा एवं वृद्धि निकासका लागि स्पष्ट निर्देशिका जारी गरी कार्यान्वयन गर्नुपर्ने, उच्च माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको दरवन्दी र त्यसको स्थायित्वका लागि मौजुदा ऐन नियम संशोधन गर्नुपर्ने, देशभरका उच्च माध्यमिक विद्यालयहरुलाई प्रकृया पु¥याएर स्थायी संवन्धन दिनुपर्ने लगायतका ९ वुँदे माग अगाडी सार्दै आन्दोलनको घोषणा गरेको हिस्तान गुल्मीका अध्यक्ष के.एन.घिमिरेले जानकारी दिनुभएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग