Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला स्तरिय हाजिरिजाफ प्रतियोगिता सम्पन्न

Published on 6:42:00 PM //


नरेश भण्डारी
अनौपचारिक क्षत्र सेवा केन्द्र(इन्सेक) जिल्ला कार्यालय गुल्मीको आयोजनामा बालअधिकार चेतना समुहका पदाधिकारीहरुको जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता ०६८ फागुन १९ गते उपल्लो तम्घास मावि तम्घासमा सम्पन्न भयो ।
कार्याक्रममा मन्तव्य राखदै जिल्ल शिक्षाअधिकारी नन्दलाल पौडेल फोटो ः नरेश भण्डारी
कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले राज्यले बालअधिकारको क्षेत्रमा यथोचित ध्यान दिन भएपनि हलसम्म भएका व्यबस्थाहरुलाई प्रभावकारी कार्यान्वयन गर्नु पर्ने धारणा राखे । उनले विद्यालयको व्यबस्थापन भनेको बालबालिकाहरुको लागि भएको हुनाले यसमा बालबालिकाहरुको अनिवार्य प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।
उपल्लोतम्घास माविका प्रधानाध्यापक गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, उपल्लोतम्घास माविको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पन्थी, बालअधिकार चेतना समूह जनसहयोग माविका संरक्षक शिक्षक कृष्णप्रसाद फुल्लेल, बालअधिकार चेतना समूह भगवती माविका अध्यक्ष असोक पाण्डे लगायतका वक्ताहरुले बालबालिकाको प्रतिभा प्रस्फुटनको लागि नियमित विषयबस्तुका साथसाथै अतिरिक्त कृयाकलापमा समेत जोड दिनुपर्ने बताए ।
इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले सञ्चालन गरेको प्रतियोगितामा जनसहयोग मावि अर्खलेका पिताम्बर खनाल, तुल्शिराम मरासिनी, तुलशी खनाल र मात्रिका खनालको समूह प्रथम, उपल्लोतम्घास मावि तम्घासका इन्दिरा पाण्डे, गंगा पाण्डे, सन्तोस सुनार र महेश पन्थीको समूह द्वितिय र भगवती मावि सिमिचौरका सरोज घिमिरे, लोकबहादर वि.क., कमला पाण्डे र कविता ज्ञवालीको समूह तृतिय भयो । साथै राङ्बास मावि सिमिचौर र भाडगाउँ मावि अर्खलेले सान्त्वना स्थान हासिल गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग