Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा हिरासतमा रहेकालाई सत्कर्ममा लगाउन प्रवचन

Published on 4:26:00 PM //


मनोज बस्नेत
रिस र आवेशमा आएर बिभीन्न गल्ती गरि हिरासतमा रहेका व्यात्तीहरुलाई सत्कर्ममा लगाउने उद्देश्यले हिरासतमा रहेकालाई जिल्ला प्रहरी कार्यलय गुल्मीले सत्कर्मको बिषयमा प्रवचन दिएको छ । जिवन केहो, जिवन केका लागी, कर्मलाई उच्च कसरी बनाउने लगाएतका बिषयमा जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका २८ जना व्यात्तीलाई ब्रहमकुमारी ईश्वरीय बिश्व बिद्यालयका प्रशिक्षकहरुले आज बिहान प्रवचन दिएका हुन् ।
कुनै बिवादमा दुई पक्ष बिच मेलमिलाप गराएपनी फेरी पिडीत पक्षले बदला लिन खोज्दा आपराधीक घट्ना बढेकोले त्यस्तो हुन नदिई जिल्लामा शान्ती सुव्यावस्था कायम गर्नेको लागी यस्तो खालको कार्यक्रमले सघाउ पु¥याउने आशा व्याक्त गर्दै प्रहरी नायव उपरिक्षक राजकुमार बैद्यवारले यो कार्यक्रमलाई अब निरन्तरता दिने सोँचमा प्रहरी रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी बुद्धिजीवी तथा पत्रकारहरुले शान्ति सुव्यावस्था कायय गर्नको लागी जिल्ला प्रहरी कार्यालयको यस्तो खालको नयाँ सोच स्वागत योग्य रहेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिएका छन् । हिरासतमा रही प्रवचनमा सहभागी भएकाहरुले पनि यो कार्यक्रम आफुहरुलाई पनि राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग