Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सी दिने विद्यार्थीहरुलाई बिदाई

Published on 4:51:00 PM //


नरेश भण्डारी
श्री निन्यूखर्क मावि हाडहाडेले आज कक्षा १० का विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यबस्थापन समितिका सदस्य कविराज घर्तिमरगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेकपा एकाले हाडहाडेका अध्यक्ष चनन्द्र सुनारले विदाई हुने विद्यार्थीहरुलाई शुभकामना दिँदै आगामी एस.एल.सी. परिक्षामा उत्कृष्ट नतिजा ल्याउने कामना गर्नु भयो ।
उहाँले विद्यालयले १० वर्ष सम्म गरेको लगानिबाट उच्च शिक्षामा राम्रो सफलता लिएर विद्यालय र गाउँको इज्जत राख्ने काम गर्न सुझाव दिनुभयो । विद्यालयका प्रधानाध्यापक लुल्शिराम काउछाले आगामी एस.एल.सी.मा धैर्यताका साथ लेख्न र समयको सही सदुपयोग गर्न सुझाव दिनुभयो ।
विदाई कार्यक्रममा शिक्षका धनबहादुर खत्री, महेन्द्र खड्का र निरबहादुर घर्ती मगरले विदाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शिक्षक ऋषिराज थापाको सञ्चालन, शिवहरी पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयबाट विदाई भएर जाने विद्यार्थीहरुको तर्फबाट लक्ष्मि वि.क., विशाल श्रीस र विनोद श्रीषले मन्तव्य राख्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग