Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आर्थिक बचतमा संगठित हुदै महिलाहरु

Published on 9:10:00 PM //

गगनशिला खड्का
महिलाहरुलाई बचत गर्ने बानिको विकास गराउने र आर्थिक कारणले गर्दा पर्ने सानातिना समस्याको समाधान गर्ने उदेश्यले गुल्मीमा सेवा बचत तथा ऋण समुहको गठन गरिएको छ । समुहमा ग्रामिण क्षेत्रबाट सदरमुकाम तम्घासमा डेरा गरी बस्दै आएका महिलादेखी वोर्डिङ स्कुलका शिक्षिका र क्याम्पस पढ्ने अविवाहित युवती समेत आवद्ध छन् । तमघासमा स्थायी बसोबास नभएका र अविवाहित युवतीहरुलाई अन्य समुहले आवद्द नगर्ने भएकाले आफुहरुले यस्तो समुह गठन गरेको समुहकी अध्यक्ष गंगा खड्काले बताउनु भयो ।
बचत गर्ने बानीको विकास संगै महिलाहरुको जिवनस्तर उकास्न पनि समुहले सहयोग गर्नेछ । समुह भित्रका महिलाहरुलाई व्यापार व्यवसाय,बिभिन्न तालिम र क्याम्पस् भर्ना हुनको लागी समेत ऋण प्रवाह गर्दै आएको अध्यक्ष खड्काले बताउनु भयो । नवगठित समुहको अध्यक्षमा गँगा खड्का, उपाध्यक्ष कौशिला कुवँर, सचिव कमला खत्री, सहसचिव अमृता खत्री र कोषाध्यक्ष राधिका कुवँर रहनुभएको छ । मंसिर महिनादेखी कारोबार सञ्चालन गरेको समुहमा हाल २७ सदस्यीय रहेका छन भने समुहले यो अवधिमा ३५ हजार कोष जम्मा गरिसकेको छ । न्युन आम्दानी भएका व्यक्तीहरुले पनि समुहमा आवद्ध भई थोरै रकम बचत गरी आफ्नो दैनिक खर्च धान्नका लागि सहज बनाउने उदेश्यले अहिले मासिक २ सय रुपैयाँ मात्र समुहमा बचत गर्ने गरिएको समुहका कोषाध्यक्ष राधिका कुवरले बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग